
राजेश सिंह
गाैशाला, पूस १४ गते ।
महोत्तरीको गौशाला नगरपालिका ४ मा विरता स्पोर्टस क्लव गौशालाको आयोजनामा १२ औं संस्करणका स्वर्गीय राम लखन चौधरीे स्मृति नक आउट प्रदेश स्तरीय फुटबल प्रतियोगिता संचालन भएको छ ।
सो खेलको उद्घाटन मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरीता कुमारी साहले गर्नु भएको थियो । मन्त्री साहले दिपप्रज्वलन, मार्चपास गरी खेल संचालनमा ल्याउनु भएको थियो । स्वास्थ्य जिवनको लागी खेल अनिर्वाय रहेकोले प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पनि बिशेष ध्यान दिदैं आएको खेलकुद तथा समाज कल्याण मन्त्री साहले बताउनुभयो ।

विशिष्ट अतिथिमा गाैैशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महताेले कार्यक्रमलाई सम्बाेधन गर्दै यस वर्षको खेलमा नगरपालिकाबाट थाेरै सहयोग भएपनि अगामी वर्षबाट यस टुनामेन्ट विशेष सहयोग हुने प्रतिबद्धता गर्नुभयो । साथै अगामी वर्ष खेलाडीहरुलाई व्यवस्थापन गर्न नगरले क्रिकेट एकेडेमीकाे स्थापना गरि खेलाडीहरुलाई प्रशिक्षण दिने काम समेत गर्ने योजना रहेको नगर प्रमुख डा. महताेले बताउनुभयो ।
उक्त खेलमा १६ वटा टीम सहभागी हुनेछ । उदघाटन खेलमा जनचेतना युवा कल्ब रौतहट र सुर्यदिप युवा क्लव सर्लाहीबिच भएको हो । सो खेल शुरु भएको लगभग २५ मिनेटमा १ गोल र ब्रेक (हाफ टाईम) पछि १ गोल सर्लाहीले जनचेतना युवा कल्ब रौेतहटलाई २ गोलले पराजित गरेको छ ।

दुबै गोल राम कुमार चौधरी जर्सी नं १४ ले लगाएका थिए । प्रतियोगितामा प्रथम पुरस्कार कप, प्रमाण पत्र, मेडल सहित नगद ७० हजार, दोस्रोलाई कप प्रमाण पत्र मेडल र नगद ३५ हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद २ हजार, त्यसै गरि बढि गोल गर्ने खेलाडीलाई नगद १५ सय प्रदान गरिने विरता स्पोर्टस क्लव गौशालाका सचिव इन्दल कुमार राउतले बताए । उक्त प्रतियोगिता पुस २८ गतेसम्म चलने सचिव राउतले बताए ।
स्वर्गीय राम लखन चौधरी गाविस अध्यक्ष भएकै बेला जनयुद्ध कालमा उनको गोलि हानि हत्या भएको थियो र उनकै सम्झनामा प्रत्येक वर्ष यो खेल खेलाउँदै आइरहेका छन । उनि एक इमान्दार र जनप्रेमी नेता रहेकोले आज पनि जनसमुदायहरु उनलाई सम्झिदै यो खेल प्रत्येक वर्ष सफलता पुर्वक गरिरहेको विर्ता स्पोर्ट्स क्लबका सचिव इन्दल राउतले जानकारी दिएका छन ।