
नागेन्द्र साह
गाैशाला, पुस १७ गते ।
महोत्तरीको गौशाला चलाई रहेको मोबाईल हातबाट खोसेर दुई युवक फरार भएको छ । सिसिटिभी फुटेजकै कारण मोवाईल चोर समात्न कठिनाई भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

सिसिटिभीको फुटेज समयमा उपलब्ध नगराएकै कारण श्री मावि निगौलका कार्यालय सहयोगीको मोवाईल लुटने चोरलाई पक्राउ गर्न नसकेको प्रहरी कार्यालय स्रोतले जनाएको छ । शनिबार कार्यालय सहयोगी रुपन मण्डलले चलाउँदै आएको मोवाईल मोटरसाईकलमा आएका दुई जना अज्ञात समुहले लुटेर फरार भएको थियो ।

सधै झै शनिवारका दिन विद्यालयका कक्षा कोठा सरसफाई गरी विद्यालय क्षेत्रबाट बाहिर गौशाला सम्सी जाने बाटो छेउमा विद्यालय वालको अढेस लगाई चलाई रहेको मोबाईल बजाजको एनएस मोटरसाईकलमा सवार अज्ञात दुई युवकले मंडललाई यो कुन गाउँ हो र औरही जाने बाटो कुन हो भनी प्रश्न गरीएको थियो । त्यसपछि मौका छोपी उनले चलाई रहेको मोबाईल जबरजस्ती हातबाट खोसी ओभर स्पीड गरी फरार भएको निगौल मा.वि.का प्र.अ. जितेन्द्र कुमार सिंहले बताएको छ ।
सिंहले यस विषयमा ईलाका प्रहरी कार्यालय गौशालामा निवेदन दर्ता गराई सकेको र प्रहरीले यस विषयमा विद्यालयको सिसिटिभी फुटेजको माग गरिएको र हालसम्म पनि फुटेज उपलब्ध नगराएको कारण अनुसन्धान तत्कालको लागी अगाडी नबढाएको र फुटेज उपलब्ध भए संगै अनुसन्धान अगाडी बढाउने ई.प्र.का. गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले बताएको छ ।

कार्यालय सहयोगी विद्यालय बन्द भए पनि प्रायजसो विद्यालय सरसफाई गर्न अहम भूमिका निर्वाह गर्ने गरेको प्र.अ. जितेन्द्र सिंहले बताए ।