पवन प्रसाद साह
बिरगंज, पुस १७ गते ।
बारा जिल्लाको पथलैयामा पटके सवारी शाखाको स्थापना भएको छ । अब बारावासीले सवारी सम्बन्धि सेवाहरु ३६५ दिन पनि लिन सकिने अधिकृत नवाज हुसैनले जानकारी गराएका छन ।
बारा जिल्लाका बासिन्दालाई एकदमै सजिलो होस भनेर यसको स्थापना पथलैयामा गरिएको छ । यातायात व्यवस्था सम्बन्धि सेवाहरु अत्यधिक सुविधाजनक सरल सुलभ तरिकाले प्रवाह गर्ने उदेश्यले पथलैयामा यो पटके सेन्टरको स्थापना भएको हो ।
मधेश प्रदेश सरकारको श्रम रोजगार तथा यातयात मन्त्री चन्दन सिंहले बाराको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन गर्नु हुँदै भने पटके सेन्टर बाट कुनै पनि सार्वजनिक विदा वा अन्य कुनै प्रादेशिक विदाको दिन पनि पटके सेन्टर बन्द रहने छैन । यस सेन्टर लबाट कुनै पनि समय सेवा प्राप्त गर्न सकिन्छ ।
कलैया उपमहानगर पालिका वडा नं. ३ गंगापुरस्थित शिक्षा तालिम केन्द्र को छेउमा मंसिर २५ गते बाट स्थापना भै संचालन मा आएको यातायात ब्यवस्था कार्यालय कलैया को समुद्वघाटन भै पौष ११ गते देखि यातायात सम्बन्धि सेवाहरु प्रवाह भैरहेको छ । सोहि कार्यालय को शाखा को रुपमा रहेको यो पटके सेन्टर पटके सेवा लिन एकदमै सहज होस भन्ने अभिप्रायले पथलैया मा यसको स्थापना भएको अधिकृत हुसेन ले बताए ।
पहिला पटके सवारी को अनुमति लिनको लागि बिरगंज र हेटौडा जानु पर्ने रहदै आएको थियो तर अब सो समस्याको समाधानको लागि बाराको पथलैयामा नै अस्थायी पटके इजाजत शाखा उद्घाटन गरिएको छ ।
पथलैयामा पटके सेन्टर को स्थापनाले पथलैया बासीमा खुशी छाएको छ । पटके सवारी इजाजत शाखा उद्घाटन भए पछि अब देखि पटके सवारीको अनुमति लिनको लागि बिरगंज र हेटौंडा जानु पर्ने बाध्यता स्थानिय वासीको भनाइ रहेको छ ।
उक्त कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी,यातायात ब्यवस्था कार्यालय पर्साका प्रमुख, ट्राफिकका प्रहरी नायब उपरिक्षक माधव काफ्ले लगाएतको उपस्थिति रहेको थियो ।