पवन प्रसाद साह
बिरगंज, पुस १८ गते ।
पर्साकाे बिरगंज महानगरपालिका वडा नं १७ अलौं मा रहेको श्री द्वार देवि माध्यमिक विधालयमा सञ्चालि कक्षा १२ का विधार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई भव्यताकासाथ स्वागत कार्यक्रमको आयोजना गरेका छन । विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा ३३ जना विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी उच्च शिक्षाको सफलताको लागि शुभकामना दिएका थिए ।

स्वागत कार्यक्रम को अध्यक्षता गरेका सो विधालयका प्रधानाध्यापक श्री दया कान्त झाले उच्च शिक्षाका लागि अग्रसर कक्षा ११ का विद्यार्थीहरु लाइ सफलताको शुभकामना दिँदै विद्यार्थीको यो समय जिज्ञासु र जुझारु समय भएकाले असल कृयाकलाप सिकाइमा ध्यान दिन जरुरी रहेको बताल। त्यस्तै उनले आफू यस बिधालयमा आउदा शिक्षकको अभावमा कक्षा ११ र कक्षा १२ का कक्षाहरु नियमित रुपमा संचालन हुन नसके तर अहिले सबै कक्षाहरु नियमित रुपमा संचालन भइरहेको बताए । अहिले भौतिक संरचना को अभावले विद्यार्थीहरु लाई समस्या परेको उनले बताए । यस प्रती सम्बन्धित निकायले ध्यानदिन उनले अनुरोध समेत गरे ।
कार्यक्रममा प्रमुख अतिथि रहेका बिरगंज महानगरपालिकाका सुचना अधिकारी तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले अहिले बिरगंज महानगरपालिकाले सामुदायिक बिधालयले कुनै पनि बहानामा शुल्क लिन नपाउने बताए । यदि कुनै सामुदायिक विधायलले त्यस्तो गरेको पाइएमा बिरगंज महानगरले कार्वाही गर्ने बताए ।
त्यस्तै यदि कोइ अभिभावक बिधालय लाई सहयोग गर्न इच्छुक हुनु हुन्छ भने सहयोग गरे हुन्छ । अहिले वीरगञ्जमा सामुदायिक बिधालयमा करिब १ लाख जति विद्यार्थीहरु अध्यनरत रहेको बताए । अहिले विधालयमा शिक्षकहरु को कमि रहेको तथा वीरगञ्ज महानगरपालिकाले केही दिन पहिला स्वयंसेवक शिक्षक भर्ना गरे पनि महानगरपालिकाको आर्थिक अवस्था कमजोर रहेकोको कारण स्वयंसेवक शिक्षकहरु लाई बिदाइ गर्नु परेको बताए ।

त्यस्तै कार्यक्रममा अतिथी रहेका वरिष्ठ नायब निरीक्षक केक बहादुर कार्की साइबार क्राइम, साइबर क्राइम हुन सक्ने अवस्था तथा ऐन नियम तथा कारबाहिको बारेमा विद्यार्थीहरुलाई जागरुक गराएका थिए । अहिले सबभन्दा बढी साइबर क्राइमको सिकार विधालय स्तर मा भएका बालबालिकाहरु हुने भएकोले फेसबुक म्यासिन्जरमा अपशब्द प्रयोग गर्ने, फोटो इडिट गरेर राख्ने तथा फोटो र नाम प्रयोग गरेर फेसबुक टिकटक चलाउने लगायतका कुराहरुमा ध्यान दिन आग्रह गरेका थिए ।

आज भएको सो स्वागत कार्यक्रममा शिक्षकहरु बृज किशोर साह कानु, अशेस्वर साह, बिजय यादव, प्रदिप नेपाल, मुस्ताक राजा, राजिव पाण्डे, कन्चन सिहं, सरिता साह लगयात अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमकाे संचालन शिक्षक राकेश तिवारीले गरेका थिए ।

