जनकपुरधाम, पुस १८ गते ।
महागंगा आरती गंगासागरका संस्थापक संस्कृति संरक्षण अभियन्ता प्रदेश सांसद रामअशिष यादवले श्री जानकी जन्मभूमि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणबाट भिजिट जनकपुरधाम २०२४ को शुभारम्भ गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले भारतको श्रीराम जन्मभूमि अयोध्यामा २२ जनवरीको दिन हुने श्री राम मन्दिरको प्राण प्रतिष्ठा पछि जनपुरधाममा भारतीय धार्मिक पर्यटकहरुको संख्यामा बृध्दि हुने कुरा बताउंनु भयो ।
सोटो नेपाल मधेश प्रदेश का अध्यक्ष पर्यटन व्यवसायी विरेन्द्र साहको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा जानकी मन्दिरका छोटा महन्त रामरोशन दास, जनकपुरधाम उधोग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, बरिस्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह सहितका वक्ताहरूले सिया बिना भगवान रामको दर्शन पनि अधुरो रहेकोले जनकपुरधाममा स्थित जानकी मन्दिरमा माता जानकीको दर्शन गर्नु निकै फलदायी हुने छ । जनकपुरधाममा धार्मिक पर्यटन प्रबर्द्धन गर्न उदेश्यले भिजिट जनकपुरधाम २०२४ को शुभारम्भ गरिएको छ।
५ वर्ष अघि भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र उतर प्रदेश राज्य का मुख्यमन्त्री योगि आदित्यनाथको जनकपुरधाम भ्रमण भए पछि जनकपुरधाममा भारतीय पर्यटकहरुको संख्यामा बृध्दि भएको छ । त्रेतायुग देखि नै रहिआएको भारतको अयोध्या र नेपाल मधेशको जनकपुरधामको परिवारिक सम्बन्ध प्रागढ हुने छन ।
मधेश प्रदेशको समृद्धिका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्तरूपमा पर्यटकहरुको सुबिधा सम्पन्न आवास, भोजन र अवलोकन गर्न का व्यवस्थित धार्मिक पर्यटक स्थलहरुको विकास गर्न आवश्यक रहेको देखिन्छ ।