https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदीप कुमार दास
रौतहट, पुस १८ गते । 
हरवाचरवा अधिकार मञ्च रौतहटको अध्यक्षमा दसरथ राम चयन भएको छ । “मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहटको दोस्रो जिल्ला सम्मेलन गरुडामा जिल्ला अध्यक्ष दसरथ राम चयन भएको हाे । 

सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला भुमि आयोग रौतहटको अध्यक्ष लक्ष्मण रेग्मीले राज्यको संरचनात्मक रुपान्तरण मार्फत कृषिमा आधारित बधुवा मजदुर हरवाचरवाको अवस्था सुधार हुनुपर्ने आवश्यक्ता औँल्याए ।

उनीहरुको राजनितीक, आर्थिक र सामाजिक अधिकार सुनिश्चीत गर्नका लागि निति निर्माता, सरकारी तथा सेवाप्रदायक निकायहरुको मानसिकता परिवर्तन हुनुपर्ने उनको धारणा रहेको थियो । उनले समाजमा पछाडी पारिएका बर्ग र समुदायको हितका लागि राज्यले गरिव मैत्री निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन संयन्त्रको विकास गर्नुपर्ने बताएका थिए ।

अध्यक्ष रेग्मीले मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापनका लागि मधेश प्रदेश सरकारले एउटा रणनितिक कार्ययोजना निर्माण गर्न भनि कुरालाई आफुले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसतै कार्यक्रमको विशिष्ट अतिथिको रुपमा गणेश बिश्वकर्माले भने हरवाचरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण सम्बन्धी कार्यबिधी २०८० यथाशक्य चाँडो पारित गरि हरवाचरवाको पहिचान मार्फत पुर्नस्थापन कार्यक्रमलाई अगाडी बढाउन आफुले मधेश प्रदेश सरकारसंग जोडदार ढंगले माग राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

साथै उनले यसका लागि स्थानिय सरकार र संघीय सरकारसंग समन्वय कायम गरिनुपर्ने र यसमा बिकास साँझेदारको पनि सहयोग आवश्यक रहेको कुरामा जोड दिएका थिए । सम्मेलनको उदघाटन सत्रमा भुमि आयोग अधिकार मन्च मधेश प्रदेशको सचिव अनुप माझी ,भुमि आयोग कैलालीका सदस्य पार्वती आग्री, माधव नरायण नगरपालिकाको नगर प्रमुख बैजनाथ यादब, बलराम भट्टाराई, जनवकालत सल्लाहकार, द फ्रिडम फण्डका सदस्यय ब्रहमदेव राम, कार्यकारी निर्देशक आरडिएनका हुकुम सार्की, राष्टिूय हरवा चरवा अधिकार मन्चका रामदयाल माझी , माधव नरायण नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादब लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहटका अध्यक्ष बिगनेस पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो । सम्मेलनले दरसथ रामको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहट गठन गरेको थियो । मञ्चको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः किसमतिया देवी पासवान, सुनिल पासवान, रिका कुमारी र शान्ति राम, चयन भएका थिए । साथै मञ्चको सदस्यहरुमा उपेन्द्र राम, खुश्बु पासवान, सचितानन्द राम, गोलिया देवी, माल्ती चौधरी, रामसुधार पासवान, करिना कुमारी पासवान, जयराम पटेल, रिता राम, र प्रदिप दास “सम्राट” चुनिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार