https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, पुस १९ गते ।
सिरहाको साबिक गाउँ बिकास समिती मोहनपुर- ४ स्थायी ठेगाना नेपाली नागरिकतामा नाम उल्लेख लक्षमण शाहको छोरा वलीराम साह र पता: ९३, महुलिया, महुलिया, लदनिया, कुमरखत मधुवनी बिहार बस्ने जीव नारायण साह एउटै ब्यक्ति रहेको प्रमाण फेला परेको छ ।

निज साहको दुबै तर्फको नागरिकतामा बुवाको नाम लक्ष्मण साह एउटै र आमाको नाम भारतीय प्रमाणमा गौरी देवी र नेपाल तर्फ गौरा देवी साह लगायत छ जना परिवारले झुठो विवरण बुझाइ जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएको प्रमाण फेला परेको हो ।

अझ वलिराम सम्बन्धमा थप बुझ्दै जादा निजको पत्नीको पनि दुबै तिरको नाम सेलरी देवी साह रहेको देखिन्छ भने छोरा रण बहादुर साहको भारतीय प्रमाण खुल्न सकेको छैन । यता वलिराम साहको भाईहरु शिव कुमार साह र शंकर साह हालसम्म भारतमै बस्दै आइरहेको बुझिएको छ।

२०८० पुस १२ गतेको मन्त्रीपरिषद बैठकको निर्णयहरुको बुदा न. ३ अनुसार, गृहमन्त्रालय, झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त गरेका छ । जनाको नेपाली नागरिकताका प्रमाणहरु रद्द गरी निजहरुलाई नेपाली नागरिकताबाट हटाउने निर्णय हालसम्म किन कार्यान्वयन हुन सकेन चिन्ताको बिषय बनेको छ ।

अझ यस सम्बन्धमा बुझ्दै जादा बलीराम उर्फ शिव नारायण साह ब्यापारको शिलशिलमा नेपाल बस्दै भिन्न सेटिङमा नागरिकता प्राप्त गरी बिभिन्न बैंकहरुबाट कर्जासमेत लिएको बुझिएको छ । यस घटना सम्बन्धि गहिरो छानबिन हुन सम्बन्धित निकायको ध्यानाकर्षण होस ।

प्रतिक्रिया

सम्बन्धित समाचार