
काठमाडौं, पुस १९ गते ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकर र मधेशकेन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले जयशंकरलाई भेटेका हुन्।
भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको भारतीय दूतावासले जनाएको छ।

भारतीय विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। भ्रमण सम्पन्न गरी उनी शुक्रबार स्वदेश फर्किनेछन् । सभार : थाहाखबर
