https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही,  पुस २० गते ।
सर्लाहीको बरहथवा नगरपालिकाको नगरप्रमुख कल्पना कटुवालको घरलाई उग्र प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली प्रहार गर्दा स्थानीय एक जनाको टाउकोमा लागेर मृत्यु भएको छ ।

मेयर कटुवालको घरलाई लक्ष्ति गरेका प्रदर्शनकारीलाई धपाउने क्रममा प्रहरीले गोली चलाउदा बजार तर्फ आउँदै गरेका बरहथवा नगरपालिका ६ का २७ वर्षिय जयशंकर साहलाई नेपाल विद्युत प्राधिकरण नजिक छेउमा टाउकोमा गाेली लाग्दा घटनास्थलमै मृत्यु भएको जनमत पार्टीका युवा नेता राजनकुमार सिंहले बताएका हुन् ।

अस्पतालको विषयलाई लिएर विगत महिना देखि द्धन्द चल्दै आएको अवस्थामा शुक्रवार दिउँसो प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु उग्र बन्दै मेयर कटुवालको बरहथवा स्थित घरमा तोडफोड गर्दै घरबाहिर राखिएका गाडीमा आगजनी गरेको स्थानीय पत्रकार घनश्याम सिंहले जानकारी दिएका हुन् । तर प्रहरीबाट आधिकारीक रुपमा पुष्टि हुन बाँकी रहेको छ ।

बरहथवा अहिले निकै तनावग्रस्त बनेका छन् । प्रहरी र प्रदशनकारीहरुबिच ठाँउठाउँमा झड्प भईरहेको हुँदा तत्कालै जिल्ला प्रशासन कार्यालय सर्लाहीले संयमता नअपनाए ठूलो घटना हुने छ । समयमै प्रहरी प्रशासनको ध्यान बरहथवा तर्फ जानुपर्ने तथा राजनीतिक दलहरु पनि संयमित हुनुपर्ने स्थानीय बासिन्दाहरुको धारणा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार