पवन प्रसाद साह
बिरगंज, पुस २० गते ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउपालिकाका अध्यक्ष दिनेश चौधरी तथा उपाध्यक्ष ममता चौधरीले संयुक्त रुपमा पोषणयुक्त खाद्यान्न वितरण गरेका छन् । गाउँपलिका भरिका छव महिना भित्रका सुत्केरी महिलाहरु लाई सो खाद्यान्न वितरण गरिएको हो ।
उक्त गाउँपालिकामा स्थानीय बिकास कार्यक्रम अन्तरगत Action Aid Nepal तथा दिब्य विकास श्रोत केन्द्र र पालिकाको समन्वयमा ३ सय जना महिलाहरुलाई वितरण गरेका छन् ।
वितरण गरिएको समानहरुमा होर्लिक्स १ केजि, सुजि १ केजि, दाल १.५० केजि तथा गेडागुडी १.५० केजि रहेको थियो । पोषणयुक्त खानाले सुत्केरी महिलाहरुको स्वास्थ अवस्था थप मजबुत हुनुका साथै जीवन यापन गर्न सजिलो हुने बताइएको थियो ।