गौशाला : महोतरीको गौशाला नगरपालिका स्थित जनता मा.वि. विद्यालय रजखोरमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
विद्यालयको प्राङ्गनमा बसेको अभिभावक भेलाले सर्वसहमत रुपमा राजकुमार साहको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरिएको विद्यालयले जनाएको छ । त्यस्तै गरी सदस्यहरुमा कमल बहादुर, घनश्याम महतो, शुशिला देवी महतो, रन्जु देवी महरा रहेका छन् भने बुद्धिजिवीमा छोटेलाल साहलाई चयन गरेका छन् ।
त्यस्तै गरी पदेन सदस्यमा वडा नं. ४ का वडा अध्यक्ष राम नारायण महासेठ , शिक्षक प्रतिनिधीमा छनौट नभएको र सदस्य सचिवमा सो विद्यालयका प्रधानाध्यापक आमोद साहलाई चयन गरिएको विद्यालय श्रोतले जनाएको छ ।
उक्त कार्यक्रममा गौशाला नगरपालिकाका शिक्षा अधिकृत संजय सिंह, शिक्षा शाखाका भरत सिंह, वडा सदस्य श्याम बछार, अभिभावक, शिक्षक, कर्मचारी र बुद्धिजिवीहरुको उपस्थित रहेको थियो ।