
जनकपुरधाम, पुस २० गते ।
जडिबुटीको महत्त्व, घरुलु प्रयोग र प्रयोग बिधि बारे जनस्तरमा बुझाउने उदेश्यले धनुषाको एक विधालयमा जडिबुटी सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

धनुषाको औरही गाउँ पालिका वडा नं २ स्थित श्री माध्यमिक विधालय परबाहा देउरीमा जडिबुटी को महत्त्व औषधिय गुण विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको थियोे ।

वनस्पति अनुसन्धान केन्द्र, धनुषाद्वारा सामुदायिक विद्यालयमा जडीबुटी सम्बन्धि जनचेतना कार्यक्रम अन्तर्गत सो विधालयको कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरुलाई विस्तारमा जडिबुटीको महत्त्व सम्बन्धी जानकारी गराएका छन ।
प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थिति र विधालयका प्रचार्य शषि कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वनस्पति अनुसन्धान धनुषाका प्रमुख ताहिर हुसेनले लेमन ग्रास, कुरिलो, सोहिजन सहितका जडीबुटी तथा वनस्पतिको औषधिय गुणको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडा अध्यक्ष किसुन यादव सहित स्थानीय अभिभावक, शिक्षक र बालबालिकाहरुको सहभागिता रहेका थिए ।


