
जनकपुरधाम, पुस २१ गते ।
जनता समाजवादी पार्टी नेपालकाे भातृसंगठन समाजवदी युवा संघ मधेश प्रदेशको अध्यक्षमा उमेश निराला चयन भएको छ ।
हिजो शुक्रबार अबेर राति जनकपुरधाममा बसेको समाजवादी युवा संघ नेपाल मधेश प्रदेश समितिका कार्यदलले सो निर्णय गरेको हो ।
यसअघि उपाध्यक्ष रहेको निरालालाई अध्यक्षको जिम्मेवारी तोकिएको समाजवादी युवा संघ नेपालको केन्द्रिय महासचिव दिलिप कुमार पटेलले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष निराला सहित ३७ जनाको समिति गठन गरिएको हो ।
विभिन्न १० जना उम्मेदवारमाथि भएको छलफलमा कार्यदलले उनलाई अध्यक्ष तोकिएको समाजवादी युवा संघ नेपालका केन्द्रिय अध्यक्ष संजीव कुमार यादवले जानकारी दिए ।
संघका केन्द्रिय अध्यक्ष यादवका अनुसार उपाध्यक्षमा सरोज चौधरी, भुवनेश्वर थापा, र कमलेश यादवलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै मुख्य सचिवको मनिष यादव (ओम) लाई दिइएको छ ।
सचिवमा मनोज कुमार यादव, विजय साह र सुरज महतोलाई चयन गरिएको हो । त्यस्तै कोषाध्यक्षको जिम्मेवारी राजन बैठालाई दिइएको अध्यक्ष यादवले जानकारी दिएका छन् । त्यस्तै सदस्यद्धयमा राकेश कुमार राय, शिवचन्द्र यादव, उपेन्द्र यादव, सुजित कुमार पाण्डे, रविन्द्र कुमार यादव, रमण मिश्रा, अमित यादव, रुपक पटेल, मुकेश यादव र सत्येन्द्र यादव रहेका छन् ।
त्यसैगरी मोनिका शर्मा, दिपु वर्मा, तप्सी यादव, अशोक कुमार यादव, मुकेश ठाकुर, सुरज यादव, दिपक यादव, कैलाश महरान, जय नारायण यादव, शशी यादव, संजीव यादव, रामेश्वर दास, नागेन्द्र यादव, सरोज अधिकारी, दिपेन्द्र यादव, केदार यादव, रामसागर पटेल र महमद दिलकश साह (मियाँ) लाई सदस्यमा चयन गरिएको छ ।