https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, पुस २४ गते ।
सर्लाहीको बरहथवा घटनालाई लिएर गृह मन्त्रालयद्धारा गठित छानविन समितिले मंगलवार देखि स्थलगत रुपमा छानविनको कार्य सुरु गरेका छन् ।

गृह मन्त्रालयको सह सचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समतिका सदस्यद्धय प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भिमबहादुर बुढाथोकीले आज देखि स्थलगत रुपमा अनुसन्धान कार्य प्रारम्भ गरेका हुन् ।


थानेश्वर गौतम सहितको टोलीले बरहथवा घटनामा प्रहरीको गोलीबाट मृत्यु भएका युवक जयशंकर साहको परिवार संग भेटघाट गरेको छ भने अस्पतालको विषयलाई लिएर आन्दोलन गर्ने नेपाली काँग्रेस सहित पाँच दल संग बुझ्ने कार्य गरियो, घटनास्थलमा गएर स्थानीय प्रत्यक्षदर्शीहरु संग पनि सो टोलीले भेटघाट गर्ने क्रमलाई जारी राखेको छ ।


छानविन समितिका संयोजक गौतमले आफू निष्पक्ष रुपमा छानविन गर्ने प्रतिबद्धता जनाउदै समाजमा शान्ति सुव्यवस्था कायम राख्न स्थानीय बासिन्दाहरु, राजनीतिक दल र पीडित परिवारहरु संग अनुरोध गरे । हामी छानविन गर्न आएका छौं कसैको पक्ष वा विपक्षमा गर्दैनौं त्यसैले यहाँ भएका घटनाहरुलाई नबंग्याई सटिक रुपमा जे भएको छ त्यही राखेर छानविन कार्यलाई सहयोग गर्न संयोजक गौतमले आग्रह गरे ।


यहाँको यथार्थ बस्तुस्थितिलाई समेटेर तयार पारिएको प्रतिवेदन निर्धारित समय सिमा भित्र गृह मन्त्रालयमा बुझाउने बताए । वरहथवा नगरअस्पताललाई स्तरोन्नती गर्नका निमित्त प्रदेशिक अस्पतालमा गाभ्ने विषयलाई लिएर गत शुक्रवार प्रदर्शन उग्र हुँदा सोही क्रममा प्रहरीले गोली चलाउदा बरहथावा नगरपालिका वडा नम्वर ६ का ३० बर्षिय युवक जयशंकर साहको मृत्यु भएपछि तिन दिन सम्म चोर्निया पुलमै शव राखेर प्रदर्शन गरिएका थिए ।


आईतवार अवेर साँझ पीडित पक्ष, सरोकारवाला पक्ष र स्थानीय प्रशासन वीच सहमती कायम भएपछि आन्दोलनका सवै कार्यक्रम स्थगित भएपछि शवको अन्तिम संस्कार गरिएको थियो । आन्दोलनका कारण रणभूमिमा परिणत भएका बरहथवा बजारमा सोमवार देखि चहलपहल सुरु भएपनि मंगलवार देखि जनजीवन सामान्य बन्दै पसलहरु संचालनमा आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार