https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, पुस २५ गते । 
पोखरीया नगरपालिकामा प्रमुख  प्रशासकीय अधिकृतको रुपमा अजय कुमार श्रीवास्तव आएपछि अहिले नगरको विकासमा तिब्रता आएको छ । तीन महिना पहिला निमित्त प्रसाशकिय अधिकृतको रुपमा पोखरीया नगरपालिकामा उनी हाजिर भएका थिए । उनी हाजिर भए देखि अहिले सो नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका अयोजनाहरुको काममा प्रगति  हुँदै आएको सरोकारवालाहरु ले बताएका छन ।

पोखरीया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बिगतका दिनहरुमा समाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, कर्मचारीको तलब का साथै बिकासका आयोजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरू पारिश्रमिक पाउनबाट बञ्चित हुनुको साथै विकासका सम्पुर्ण गतिविधिहरू थप्प भएका थिए  ।

स्थानियका अनुसार नगरपालिकामा प्रसाशकिय अधिकृतको  रुपमा अजय कुमार श्रीवास्तव आए पछि नगरपालिकाले प्रभाह गर्ने सम्पुर्ण सेवाहरू नियमित रुपमा संचालन हुनुका साथै कर्मचारीहरु पनि समयमा नै आउने गरेका छन ।

स्वच्छ छवि तथा काममा अग्रसर रहि रहने प्रसाशकिय अधिकृत श्रीवास्तवले आफू यस नगरपालिकामा आएको ३ महिना मात्र भएको र आफू यस नगरपालिकाको बिकाश को लागि जनप्रतिनिधिहरु संग पार्दर्शिक रुपमा काम गर्दै आएको बताए । उनले यस नगरपालिकामा आएको केही दिन मात्र भएको तथा  केही पत्रकारहरु ले पैसा को लागि मेरो चरीत्र हत्या गर्न खोजेको बताए ।

त्यस्तै उनले आफू प्रती लेखिएको गलत समाचार ले मेरो परिवार र समाज मा मेरो मान मर्दन प्रती ठेस लागेको बताए । कार्यालय समय पछि मेरो आफ्नो व्यक्तिगत जिवन सुरु हुने र मेरो व्यक्तिगत कुराहरु संग जोडिएर झुठो समाचार बनाएर बारगेनिङ गर्न खोज्ने यस्ता पत्रकार लाई आफू कानुनी उपचारमा जाने बताएका छन ।

बिगत केही दिन देखि उनका बिरुद्धमा बेबुनियाद समाचार आइ रहेछ । यस बिषय मा खोज तलास गर्दा उनले पोखरा मा बनाएका करोडौं को घर भनेर लेखिएता पनि त्यस्मा सत्यता नरहेको पाइएको छ । उनले सो घर २०६२ सालमा बनाएको बुझ्न आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार