राजेश सिंह
गाैशाला, पुस २६ गते ।
महोत्तरीको गौशालामा प्रहरीले दुई गाँजाकाे बाेट नष्ट गरेको छ । बिहीबार गाैशाला नगरपालिका वडा नम्बर ११ स्थित लक्ष्मीनिया टोलमा करिब १० धुरमा लगाइएको दुई सय गाँजाकाे बाेट प्रहरीले नष्ट गरेकाे हाे ।
उखुकाे खेतमा उखुसँगै करिब १० धुरमा दुई सय लगाएको गाँजा बाेट प्रहरीले काटेर जलाई नष्ट पारेका छन् । विशेष सुचनाको आधारमा उखु खेतको बिच लगाएको गाँजालाई कान्तिबजार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले फडानी गरि आगो लगाएर नष्ट गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप कुमार गिरिले जानकारी दिए ।
जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा स्थानीयवासीले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएका छन् । अभियानअन्तर्गत जिल्लाको विभिन्न ठाउँमा अबैध रुपमा लगाएको गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
त्यस ठाँउ लगायत वरिपरिमा विगत लामो समय देखि गाँजा तस्करी फस्टाएको देखिएका छन् । उक्त क्षेत्रमा उत्पादन हुने गाँजा लुकाई छिपाई भारतसम्म पुर्याउने गरिएको स्थानीयहरुले बताए ।