
बिबेक कुमार महतो
गाैशाला, पुस २६ गते ।
महोत्तरीकाे गौशाला नगरपालिका १० मा दलित परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको छ । गौशाला नगरपालिका वडा नम्बर १० मा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिबासद्वारा संचालित “समुन्नति” कार्यक्राम अन्तर्गत मुसहर सामुदायका बालबालिकाहरुलाई सो समाग्री वितरण गरिएको हो ।
अहिलेको तथ्यांक अनुसार मुसहर सामुदायका बालबालिकाहरु एसईई उत्तीर्ण गरेको धेरै न्यून देखिएको कारण निरन्तर विद्यालय जाओस् भन्ने उद्देश्यका साथ कक्षा ५ देखि १० सम्मका २५ जना बालबालिकाहरुलाई ब्याग, कापी, पेन, रंगिन, बोतल, सुईटर, स्कुल ड्रेस तथा जुता वितरण गरिएको सामुदायिक विकास तथा पैरवी मंच नेपालका समुदायीक परिचालक गजेन्द्र महतोले बताए ।
कार्यक्रममा वडा अध्यक्ष विष्णु कुमार महतो, वडा सचिव भरत साह,वडा सदस्य योगेन्द्र मण्डल, बुधनी सदा, कम्प्युटर अपरेटर रामनाथ महतो, वडा बाल अधिकार समितिको पदाधिकारीहरु, सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवासका समुदायीक परिचालक गजेन्द्र महतो तथा फिल्ट सुपरभाईजर सरोजको उपस्थित रहेको थियो । कार्यक्रममा वडा सदस्य योगेन्द्र मण्डलले बालबालिकालाई निरन्तर विद्यालय पढ्न र पठाउन अभिवावकहरुलाई आग्रह गरे ।