
जनकपुरधाम,२७ मंसिर । नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवको विरुद्ध समाजिक संजालमा तथाकथित पत्रकार भनाउनेहरुद्वारा बदनाम गराउने उद्देश्यले स्टाटस राखेकोमा नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागको गम्भीर ध्यानाकर्षण भएको छ।
रौतहट निर्वाचन क्षेत्र नम्वर १ को (ख) बाट प्रदेश सांसद तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवको विरुद्धमा समाजिक संजालमा तथ्यहिन कुराहरु लेख्ने केही फेसबुके पत्रकार बताउनेहरु प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको र उक्त भ्रामक तथ्यहिन लेखाईको घोर भर्तसना गर्दै त्यस्ता लेख्ने कुपात्रहरु विरुद्ध विद्युतिय ऐन अन्तर्गत सम्बन्धित निकाय द्धारा कारवाही गर्न माग गरेको छ।
रौतहट जिल्ला क्षेत्र १ (ख) माधव नारायण नगरपालिका वड़ा नम्बर ४ मानपुरका अग्नि पीडि़तहरुको अवस्था अत्यन्तै नै कमजोर थियो।तत्कालीन समयमा प्रदेश सभापति यादव उनीहरुको साहारा बने । राहत, नगद रकम सहित तत्कालिन समयमा चाहिने आवश्यक सबै सामानहरु उपलब्ध गराएका थिए ।
पीडितको घर बनाई दिने आसवासन दिए पछि विपद व्यवस्थापन समितिले मधेश सरकारबाट आवश्यक रकम सानो घर बनाउन केही पहलकदमी पनि भए पछी घर बनाउन सम्बन्धित पीडितहरुले राहत पाउने उदेश्यले माण्डवी नामक संस्थालाई भनसुन गरि सम्बन्धित पीडित कै खतामा रकम पठाइदिएको थियो ।
रकमबाट पीडितहरुले नै स्वयंम घर बनाउने सहमती भएको नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख नितेश कुमार गुप्ताले जानकरी दिए ।
जिल्ला विपद व्यवस्थापन समिति सँग अग्नि पीडि़तलाई पुर्नवासको लागि घर बनाई दिने प्रतिबद्धता गरेका अनुसार आफै रकम खर्चेर घरको बनाएको छ । राजनीतिक विरोध शक्तिहरुको आडमा केही दहिच्यूरे समाजिक संजालमा लेख्ने फेसबुकेहरुलाई पैसाको प्रलोभनमा पारेर यस्ता घृणित एवं तथ्यहिन कुराहरु लेख्न लगाएर सभापति विरुद्ध जनताहरुको ध्यान भट्काउन खोजीरहेकोमा उनले गम्भीर रुपमा आपत्ती जनाए ।
समाजिक संजालमा तथ्यहिन, भ्रामक र समाजमा अशान्ति मचाउने तथा आर्थिक प्रलोभनमा परेर मात्रै फेसबुकमा लेख्ने यस्ता फेसबुकियाहरु विरुद्ध स्थानिय प्रशासनबाट अविलम्ब विद्युतिय ऐन अनुसार कारवाही प्रक्रिया अगाडी बढाएर समाजबाट यस्ता धमिरालाई सधैको लागि तह लगाउनुपर्ने प्रचार प्रसार प्रमुख गुप्ताले आग्रह गरेका छन्