राजेश सिंह
गौशाला, पुस २८ गते ।
महोत्तरीको गौशालामा स्वर्गीय राम लखन चौधरीे स्मृति प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताकाे उपाधि सुर्यादिप युवा क्लब (खयरा) सर्लाहीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा स्वर्गीय रामलखन चौधरी स्मृति कप २०८० को प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगितामा गौशाला नगरपालिकाका मोर्निङ्ग स्टार टिमलाई पराजित गर्दै सुर्यादिप युवा क्लब (खयरा) सर्लाहीले उपाधि उपर कब्जा जमाएको हाे ।
शनिबार भएको फाईनल खेलमा मोर्निङ्ग स्टार क्लब गौशाला , महोत्तरी र सुर्यादिप युवा क्लव (खयरा) सर्लाही बिच भएको खेलमा निर्धारित समय भित्र कुनै पनि टिमले गोल गर्न सकेकाे थिएन । गोल नभएपछि भएको पेनाल्टी शुट आउटमा सुर्यादिप युवा क्लब (खयरा) सर्लाही ४–२ गोल अन्तरले विजय भएका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार ७० हजार नगदसहित, कप, प्रमाण पत्र, मेडल गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो र वडा नम्बर ४ का वडा अध्यक्ष रामनारायण महासेठले वितरण गरिएको थियो भने, दोस्रो हुने टिमलाई दोश्रो प्राईजको प्रायोजक बिल्टु साहद्वारा ३५ हजार नगदसहित कप, प्रमाण पत्र र मेडल प्रदान गरेका थिए र वेस्ट प्लेयर मोर्निङ्ग स्टारका गोल किपर प्रभु साहलाई दिएका थिए भने गोल स्कोरमा सुर्यादिप युवा क्लबका रामकुमार चौधरीलाई दिएका थिए त्यसैगरीे पलेयर अफ-द टुनामेन्ट मोर्निङ्ग स्टारका शिवचन्द्र पंजियारलाई दिएको विर्ता स्पोर्टस क्लब गौशालाका सचिव इन्दल कुमार राउतले बताए ।
कार्यक्रममा जिल्ला खेलकुदका प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज कुमार यादव, शसस्त्रबल रामनगरका प्रमुख,गौशाला न.पा. वडा नं. २ का वडाअध्यक्ष श्यामसुन्दर मंडल, वडा नं. ४ का वडा सदस्य वीर बहादुर महतो, श्याम बछार, जनमतका जीवन त्यागी, विन्देश्वर साह, उमेश कुशवाहा लगायत राजनितिककर्मी, जननिर्वाचित सदस्यहरु, पत्रकार, भरभलादमी, समाजसेवी, बुद्धिजीवी सहित हजारौका संख्यामा दर्शकहरुको सहभागीता रहेको थियो ।