https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विनोद मण्डल  

सिरहा, पुस २८ गते । 
सिराहा जिल्लाको साबिक गाउँ विकास समिति अयोध्यानगर ६ कसहा तथा हाल धनगढीमाई नगरपालिका वाडा नम्बर  ८ की चौरासी देबी महतोको आगोले करिब ६० प्रतिशत शरीरको भाग जलेर घाऊ लागेको अवस्था रहेको छ ।

अत्यन्त नाजुक अवस्थाकी महतो ज्वरोले थला परेर लुगाको अभावले जाडोले गर्दा आफ्नो घरमा आगोको ताप्दै गरेको अवस्थामा शरीरकाे अवस्था समेत कमजोर रहेकी उनले लगाएको सारीमा सल्केको आगोले उनी जल्दै गरेको अवस्थामा छटपटिएर घर बाहिर आएपछि छरछिमेकमा भोज खाइरहेको मानिसहरूले उनको शरीरमा लागेको आगो निभाएका थिए ।

आगोले शख्त घाइते भएकी उनलाई स्थानिय अस्पतालमा तत्काल लगिएको थियो ।

अत्यन्त नाजुक अवस्थाकी चौरासी देबीलाई स्थानियको सहयोगमा काठमाण्डौँ स्थित कीर्तिपुर अस्पताल लगिएको अवस्था छ तर आर्थिक अभावमा उनको उपचारमा कठिनाई भएको अवस्थामा स्थानियको सहयोगमा उनको घरमा पुगेका योगेश सिंह, राजेन्द्र यादव, राजकुमार महतो, वडा अध्यक्ष विजय महतो लगायतको उपस्थितिमा उनका श्रीमान राजपैत महतोलाई एक मुस्ट ७२ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । स्थानिय टोलबाट संकलित रकम हस्तान्तरण गरेका छन् ।

करिब ३५ वर्षीया चौरासी देबी महतो यहीँ पुस १६ गते साँझको करिब छ बजेको  समयमा आगो तापने क्रममा उनले लगाएको लुगामा आगो लागेर उनको करिब ६०% भन्दा बढी शरीरको भाग जली सकेको अवस्था रहेको छ ।

उनको घरको आर्थिक अवस्था अतिनै कमजोर भएकोले उपचार गराउन असम्भव रहेको हुँदा उनको  उपचारमा आवश्यक आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध समेत गरिएको छ ।

हाल (burn center kritipur hospital) बर्न सेन्टर कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

“सेबा नै धर्म हो ” तपाईं हाम्रो सानो सहयोगले उनको उपचारमा ठुलो राहत पुग्ने हुँदा, सहयोगको अपेक्षाका साथ चौरासी देबी महतो “बचाऊ अभियानमा” देश तथा बिदेशमा रहनु भएका सहयोगी मनहरुलाई सहयोग र शेयर गरिदिनुहुन हार्दिक अनुरोध समेत गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

खता नम्बर : 2398750613604001
नाम : रबिन्द्र महतो (घाइतेको देवर) Nic Asia bank, branch golbazar
सम्पर्क नम्बर 9805915455 धनगढीमाई_नगरपालिका

प्रतिक्रिया

सम्बन्धित समाचार