
जनकपुरधाम, पुस २८ गते ।
जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले कृषिमा आत्मनिर्भर हुनका लागि सहकारीकाे भूमिका महत्त्वपूर्ण रहेको कुरा उहाँले बताउनु भयो ।

धनुषा निर्वाचन क्षेत्र नं शहिदनगर नगरपालिकाको ननुपटीमा आयोजित श्री कमलेश्वरी मत्स्य सहकारी संस्थाको १० औं वार्षिक साधारणसभाको उदघाट्न गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले ग्रामीण क्षेत्रमा संचालनमा रहेको सहकारी संस्थाहरुले गर्दा स्थानीय स्तरमा समृद्धि हुन थालेको कुरामा जोड दिनुभयो ।

कमलेश्वरी मत्स्य सहकारी संस्थाका अध्यक्ष रामसोगारथ साफीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा संस्थाका पुर्व सचिव मथुरा मंडल, पुर्व शिक्षक पुरुषोत्तम कर्माचार्य, संचालक समितिका सदस्य मानकी महरा सहितका वक्ताहरूले सहकारीको विकास सम्बन्धमा विचार व्यक्त गरेका थिए ।
सहकारी संस्थाको सहयोगमा ऋण प्रवाह गरि स्थानीय स्तरमा व्यवसायिकहरु लाभान्वित भैइ रहेको अधिकांश वक्ताहरूले आ-आफ्नो धारणा राखेका थिए ।


