
जनकपुरधाम, पुस २८ गते ।
मधेस प्रदेशका प्रदेश सांसद रामअशिष यादवले मधेसको लोककला मिथिला आर्टलाई व्यवसायिक रुपमा प्रबर्द्धन गर्नुपर्ने आजको आवश्यकता रहेको कुरा बताउनुभयो ।
श्री जगदीश गोयन्का प्रतिष्ठान जनकपुरधामको सहयोग र उन्नत नेपालकाे संयोजनमा लोककला मिथिला आर्ट प्रशिक्षण तालिमको जनकपुरधाममा शुभारम्भ गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद यादवले साहित्य, कला, संस्कृति र संगीतको संगम रहेका मिथिला लोक चित्रकलाको संरक्षण र सम्बर्द्धन गर्न राज्यले ध्यान नदिएको कुरा बताउनु भयो ।
उन्नत नेपालका अध्यक्ष प्रदीप यादवको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका श्री जगदीश गोयन्का प्रतिष्ठानका संस्थापक युवा समाजसेवी रबि कुमार गोयन्का, युएनडिपिका अर्जुन कुमार कुशवाहा, एन्टी प्लास्टिक मैन कृष्ण चन्द्र साह सहित वक्ताहरूले लोककलाको संरक्षण र प्रबर्द्धन सम्बन्धमा विचार व्यक्त गरेका थिए ।

तालिममा स्थानीय युवाहरुको उल्लेखनीय सहभागिता रहेको कुरा उन्नत नेपालका संस्थापक अध्यक्ष नागेन्द्र साहले जानकारी दिएका छन ।
