लहान, पुस २८ गते ।
नेपाल रेडक्रस सोसाइटी कर्जन्हा उपशाखाको दोश्रो अधिवेशनबाट सभापतिमा पुनः सरोज कुमार पासमान निर्वाचित भएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ७ स्थित रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालयमा भएको दोश्रो अधिवेशनबाट सभापति पासमान सहित ११ जनाको कार्यसमिति निर्वाचित भएको नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाको उपसभापति तथा निर्वाचन अधिकृत सूर्य नारायण यादवले जानकारी दिए ।
कर्जन्हा उपशाखाको नयाँ पदाधिकारीमा सभापति सरोजक कुमार पासमान, उपसभापति हेमकुमारी देवी, सचिवमा श्रीप्रसाद पासमान, कोषाध्यक्षमा इन्द्रा देवी मल्लिक, उपसचिवमा दिपक पासमान, उपकोषाध्यक्षमा नन्दन ठाकुर, महिला सदस्यमा ममता कुमारी पासमान, सदस्यमा रामयतन साह, रामअसेश्वर पासमान, हिरा सहनी र श्री प्रसाद मुखिया सर्वसम्मत निर्वाचित भएको निवार्चन अधिकृत यादवले जानकारी दिए ।
कर्जन्हा उपशाखाको सभापति सरोज कुमार पासमानको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका सल्लाहकार समितिको संयोजक तथा पुर्व मेयर गंगा पासमान प्रमुख अतिथिको रुपमा र रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाको उपसभापति तथा निर्वाचन अधिकृत सूर्य नारायण यादवको विशिष्ठ अतिथिको रुपमा सहभागिता रहेको थियो । अधिवेशनमा कर्जन्हा रेडक्रसले गरेको विभिन्न कार्यको प्रगति प्रतिवेदन र चुनौतीहरु प्रस्तुत गरिएको थियो ।
सभापतिमा निर्वाचित भएपछि पासमानले सेवा मुलक संस्था रेडक्रस प्रति कर्जन्हा नगरपालिका वासीको आकर्षण बड्दै गएकोले अगामि दिनमा थप उल्लेखनिय कार्यहरुको सुरुवात गर्ने बताए । कर्जन्हा नगरपालिकामा सक्रिय रहेका विभिन्न संघ संस्था र सरोकारवा निकायहरु संग समेत कार्यगत एकता गरि जनसेवाका कार्यहरुलाई अत्यधिक महत्व दिने र रेडक्रसकर्मीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गर्ने उनले बताए ।
अधिवेशनमा कर्जन्हा रेडक्रसको आजिवन सदस्य कृपाल कुवरलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कर्जन्हा नगरपालिकाको कार्यापालिका सदस्यमा निर्वाचित भइजनताको पक्षमा कार्यगर्ने भन्दै रेडक्रसका सल्लाहकार समितिको संयोजक तथा पुर्व मेयर गंगा पासमान र रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाको उपसभापति तथा निर्वाचन अधिकृत सूर्य नारायण यादवले संयुक्त रुपमा सम्मान गरेका थिए । त्यस्तै नयाँ सदस्यहरुलाई समेत दोसल्ला ओढाएर माला लगाएर स्वागत गरिएका थियो ।