https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, पुस २८ गते ।
धनुषामा भारतीय सामानहरूको तस्करी बढेको छ । सीमा क्षेत्र रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक लाखौँ मूल्य बराबरका भारतीय सामान अवैध रूपमा जनकपुरधाम बजारमा आउने गरेका छन् । तस्करहरूले साडी, रेडिमेड कपडा, सर्टिङसुटिङका कपडाबहेक दैनिक उपभोग्य सामानहरू, स्टिलका भाँडावर्तन, मोटरसाइकलका पार्टपुर्जालगायतका सामानहरू भारतीय बजारबाट दैनिक करोडौँ रुपैयाँ बराबरका सामानहरू अवैध रूपमा जनकपुरलगायत धनुषाका विभिन्न बजारमा ल्याउने गरेको छ ।

तस्करीको सन्जाल, तस्करसँग प्रहरीको सेटिङ र सम्बन्ध अनि असुली धन्दा कतिसम्म छ भन्ने कुरा यसैसाता धनुषामा भएको दुईवटा घटनाले पुष्टि गरेको छ ।   पहिलो घटना हो हनुमाननगर चोकको एयरपोर्ट नजिक हनुमाननगर चोकमा जिल्ला प्रहरी कार्यालयको टोलीले तीन पोका (झण्डै एक पिकअप भन्दा बढी) तस्करीको कपडा बरामद गर्याे । बरामद गरेको उक्त सामान स्थानीय हनुमाननगर प्रहरी चौकीमा बुझाइयो । उक्त  तस्करीको सामान स्थानीय उमेश साहको भएको पनि खुल्यो ।  हुण्डीको कारोबार समेत गर्ने  उमेश अहिले अन्य सामानको पनि तस्करी कार्य गर्ने गरेको समेत खुलेको छ । तस्करी गरेको सामान बरामद गरि चौकीमा बुझाएको केही बेरमा जिल्ला प्रहरी कार्यालयका डिएसपीले कसको आदेशले सामान पक्राउ गरेको भन्दै पक्राउ गर्ने टोलीलाई उल्टो गालीगलौज गरेर तुरुन्तै सामान छोड्न आदेश दिए । हनुमाननगर प्रहरी चौकीले डिएसपीको आदेश पछि उक्त तस्करीको सामान  सम्बन्धित तस्करलाई बोलाएर स – सम्मान फिर्ता गरिदियो ।

त्यसैगरी अर्को दोस्रो घटना हो प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरलाई समेत ढांटेको । जनकपुरधाम तुलसीयाईमा एक घरमा तस्करी गरेर भित्राइएको १९ पोका सामान छ भन्ने सुचना कुनै सुराकीले प्रहरी महानिरीक्षक कुंवरलाई दियो । त्यसपछि प्रहरी महानिरीक्षकले तुरुन्तै जिल्ला प्रहरी कार्यालयका एसपीलाई उक्त तस्करीको सामान बरामद गर्न निर्देशन दिए । आइजिपीको निर्देशन पछि प्रहरी तस्करीको सामान राखिएको ठाउँमा गयो । तर अचम्मको कुरा के भयो भने १९ पोका सामान भएको ठाउँबाट दुई पोका सामान मात्रै बेवारिसे अवस्थामा बरामद भएको भनी बांकी १७ पोका त्यसै छाडिदियो । उक्त तस्करीको सामान स्थानीय श्रीनारायण नाम गरेको तस्करको भएको समेत खुलेको छ।

फुलगांवा नाकाबाट अहिले प्रहरीले श्रीनारायणलाई तस्करीको लाइन दिएको समेत थाहा भएको छ। त्यसैगरी नरेश यादवलाई भडरिया नाकाबाट तस्करीको लाइन दिइएको समेत थाहा भएको छ। अहिले धनुषाबाट ठूलो तस्करीको लाइन चलेको छ। दैनिक झण्डै ७० देखि ७५ पोका कपडाको मात्रै तस्करी हुदै आएको छ ।बर्तुलाले भडरिया र धनौजी नाकाबाट व्यापक तस्करी गरिरहेका छन । यो सबै तस्करीको सेटिङ मिलाउने काम सिन्धुपाल्चोक जिल्लामा कार्यरत हवल्दार रामविनय पटेलले गर्ने गरेको समेत खुलेको छ । पहिले धनुषामा घुमुवाको रूपमा कार्यरत पटेलले तस्करीको सेटिङ र तस्करहरूसंग स्थानीय घुमुवाहरूलाई मिलाउने काम गरेको समेत खुलेको छ । पटेलले तस्करहरूलाई फोन गर्ने नम्बर ढडण्ज्ञठठघ–घढ रहेको समेत सार्वजनिक भएको छ ।

तस्करहरूले सीमा क्षेत्रमा रहेका प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीहरूलाई आर्थिक प्रभावमा पारेर निर्बाध रूपमा चोरी पैठारी गर्ने गरेका छन् । तस्करहरूले नाकामा भन्सारका कर्मचारी, सुरक्षकर्मीहरूको व्यापक उपस्थिति भए पनि उनीहरूकै मिलोमतोमा रातिको समययमा तस्करी गरेको आरोप छ । यस्ता अवैध समान ल्याउने तस्करहरूसँग महिनावारी उठाउन प्रहरीको घुमुवा र जनकपुर भन्सार कार्यालयका कर्मचारी नै खटाइएको छ । सीमा क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयका कर्मचारीहरूले बढी सामानको कम मूल्यांकन गरी प्रज्ञापनपत्र बनाएर भन्सार कटाउने गरेको पाइएको छ । जनकपुरस्थित भन्सार कार्यालयका प्रमुखले पनि तस्करी बढेको स्वीकार गर्दै सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र जनपद प्रहरीले सक्रियता नदेखाएका कारण तस्करी बढेको बताए । उनले भने, ‘भन्सार छली गरी आएको माल सामान बोकेका पिकअप भ्यान जनकपुरमा आए पक्राउ पर्छन्, जनकपुर पुग्न कतिवटा प्रहरी चौकीहरू पार गरेर आउँछन् ? यस हिसाबले पनि तस्करी नियन्त्रणमा प्रहरीको सक्रियता कति देखिन्छ, प्रस्ट हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट