
राजेश सिंह
गाैशाला, पुस २९ गते ।
महाेत्तरीकाे सम्सी गाउँपालिकामा पुस ५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्र कार्यालयमा उपस्थिति नभएको भन्दै वडा अध्यक्षहरुले तालाबन्दी गरेको छ । आईतबार सम्सी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्रले पुस ५ गतेदेखि नै कार्यालयमा उपस्थिति नभएको भन्दै वडा अध्यक्षहरुले एक विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको हाे ।
नेपाल संघीय गणतन्त्रात्मक व्यवस्था पछि गाउँ-गाउँमा सिंहदरबारको अनुभुति हुने सुशासन पारदर्शिता तथा जनताले तिरेको करको सदुपयोग भइरहेको अनुभुति नजिकको सरकार स्थानीय तहबाट हुने विश्वास एवं अपेक्षाको उद्देश्यले सयकडौं नेपाली जनता सहादत प्राप्त गरेका थिए । हामो महान सहिद श्री शिव चन्द्र मिश्रको भूमी सम्सी गाउँपालिकामै सहिदको बलिदानीलाई जनताबाट चुनिएको जनप्रतिनिधि सम्सी गाउँपालिका अध्यक्ष एवं जनताको करबाट तलब भत्ता सुविधा प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृतले अपमान गर्ने गरेको महसुस भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दोश्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित सम्सी गाउँपालिका अध्यक्ष श्री रामनाथ यादव र सम्सी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्रको तानासाही भ्रष्ट प्रवृतिले सम्पूर्ण गाउँपालिकाबासीलाई व्यवस्था प्रति नै निरास बनाएको समेत विज्ञप्तिमा उल्लेख छ ।
पुस ५ गते गाउँपालिकाको चलानी नं. ७७४ बाट कार्यपालिका बैठक सम्बन्धमा गरिएको पत्राचार पत्रमै सिमित रही आजको मितिसम्म पनि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएकोमा आजकै मितिदेखि तपसिल अनुसारका माँग सार्वजनिक गर्नको लागि बाध्य भई तालाबन्दी गरी संघर्षको घोषणा गरेको विज्ञप्तिमा उल्लेख गरिएका छन् ।
मागहरु
१. गत आ.व. २०७९१०८० र चालु आ.व. २०८०/०८१ को गाउँसभा विशेष सभाको रेडबुक सार्वजनिक गर ।
२. गत आ.व. २०७९/०८० र चालु आ.व. २०८०१०८१ को खर्च विवरण सार्वजनिक गर ।
३. कार्यपालिका बैठक यथाशिघ्र गर ।
४. गत आ.व. र चालु आ.व.मा गाउँपालिकामा कार्यरत करार ज्यालादारीका कर्मचारीको विवरण सार्वजनिक गर ।
५. भष्ट प्रमुख प्रशासकीय अधिकृत श्री गणेश चन्द्र मिश्रको सरुवा गर ।