
जनकपुरधाम, माघ १ गते ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक पुरूषकाे लास फेला परेकाेछ भने एक जना महिला घाइते अवस्थामा फेला परेको छ ।मृत फेला परेको पुरूष र घाइते महिला पति पत्नी रहेकाे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ परिक्रमा सडकखण्ड पकरियाबाट पर्सा जाने बाटोमा मृत फेला परेकाे पुरूष महाेत्तरीकाे लोहरपट्टी नगरपालिका ३ महदैया बस्ने २२ बर्षीय राधे सहनी रहेकाे घाईते महिला उनकी पत्नी २१ बर्षीय अस्मिता शर्मा रहेकाे ईप्रका महेन्द्रनगरका ईन्स्पेक्टर दिपक कार्कीले जनाएको छ ।
राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर पत्नी सहित राधे राती निस्केका थिए ।
त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिएको प्रहरीले जनाएको छ । घाइते अस्मिताकाे उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरमा भईरहेकाेछ । घटना बारे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।