गाैशाला, माघ२ गते ।
महाेत्तरीकाे गौशालामा कल्याणकारणी सभाले दुई दिवसीय थारु माघी महोत्सवको आयोजना गरिएको छ । गौशाला नगरपालिका निगौल चौकमा थारु कल्याणकारिणीसभा महोत्तरी कार्य समितीको आयोेजनामा ५ औँ जिल्लास्तरीय थारु माघी महोत्सवको आयोजना गरिएको हाे ।
महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोईरीको प्रमुख आतिथिमा समुदघाटन भएको सो सम्मेलन दुई दिनसम्म चल्ने आयोजक समितिका संयोजक सन्जीप चौधरीले जानकारी दिए ।
जातीगत पहिरनमा सजिएका अतिथीहरु उपस्थिती रहेको सो महोत्वसमा थारु समुदायका संस्कृति र संस्कारसँग सम्बन्धित सामग्रीहरु प्रर्दशनमा राखिको छ ।
महोत्सवमा थारू समुदायका विभिन्न खालका नाचहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । साथै, थारू समुदायका विभिन्न खानाका परिकार पनि महोत्सवमा राखिएको छ । थारू हस्तकला र गरगहना पनि महोत्सवमा प्रदर्शन गरिएका छन् । महोत्सवमा महोत्तरी जिल्ला भरिका थारु समुदाय सम्मीलित भएका छन् ।
महोत्सवमा प्रमुख अथिति मा. लक्ष्मी महतो कोइरी, गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो, गौशाला नगरपालिका वडा न. २ का वडा अध्यक्ष श्याम मण्डल, संजिव सिंह, श्याम बछार लगायत बुद्धिजीवी, समाज सेवीहरुको उपस्थित रहेको थियो ।