पवन प्रसाद साह
बिरगंज, माघ ३ गते ।
बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम पोखरीया नगरपालिकाम सम्पन्न भएको छ । बाल विवाह रोकथाममा पालिका स्तरीय सरोकार वालाले खेल्नु पर्ने भूमिका बारे अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
अहिले समाजमा व्यापक रुपमा बालबिबाह तथा बाल हिंसा बिरुद्ध बालबालिकालाई शसक्त बनाउने उध्यश्यले यस्तो अभिमुखिकारण कार्यक्रम को आयोजना गरिएको जनाएइएको छ ।
पोखरिया नगरपालिकाका प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले बाल विवाह लाई रोक्न बिधालयमा गएर अभिभावक लगायत छात्रछात्रालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभएको थियो । अहिले मधेस प्रदेशमा अरु प्रदेश भन्दा बढि बालविवाह भइ रहेकोले यस्ता अभिमुखिकरण कार्यक्रमले यस्ता समस्यलाई रोक्न महत्त्वपूर्ण भुमिका खेलेको बताए । अहिले स्थानिय सरकार भएपछी शिक्षा क्षेत्रमा सुधार भएको कारण बाल विवाहमा पनि कमी आएको छ ।
अहिले पोखरिया नगरपालिकाले पनि बालबालिका र महिलाहरुको हकहितको लागि समाजिक सस्था मार्फत विभिन्न किसिम को कार्यक्रम को आयोजना गर्ने बताए । बाल विवाहले स्वास्थमा समस्य आउनुको साथै ज्यान समेत जाने गरेकोले अहिले कमसेकम २० वर्ष नाघे पछि मात्र विवाह गर्नुपने बताए ।
सामाजिक सस्था जिल्ला समन्वय समिती पर्साका अध्यक्ष इब्राहिम देवानले यस अभिमुखीकरण कार्यक्रममा बालबालिकाको हकहितका लागि र जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रम गरिएको बताउनु भयो ।
युनिसेफ नेपालको सहयोग र सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साको सहयोगमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी नगरपालिका का उपमेयर रुबि ठाकुर,पोखरिया इलाका प्रहरी कार्यलय का प्रहरी निरीक्षक मोहन बिक्रम केसि,वडा अध्यक्ष किशोरी साह , रेड्क्रश का सभापति भगवान प्रसाद कुर्मी,कार्यपालिका सदस्य शिव वचन महतो,शिक्षा प्रमुख वाल्मीकि साह लगायत जनसमुदाय र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।