https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, माघ ३ गते ।
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष, मधेश जनविद्रोहका महानायक तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई समाप्त पार्ने शक्ति देशमा सक्रिय रहेको अवस्थामा मधेस प्रदेश सरकारले सुशासन कायय राख्दै ईमानदारीका साथ कार्य गर्नुपर्ने कुरा बताउँनुभयो ।

गत वर्ष प्रदेश सभाबाट मधेश प्रदेश नामाकरण तथा प्रदेशको राजधानी जनकपुरधाम घोषणा गरेको दिनलाई मधेश स्वभिमान दिवस मनाउने अवसरमा बोल्दै प्रमुख अतिथि मधेस आन्दोलनका जनक प्रतिनिधि सभा सांसद यादवले पहिचान बिरोधि शक्ति शक्तिसंग लड्न मधेसी, दलित जनजाति ,आदिवासीहरु संगठित हुनुपर्ने आजको आवश्यकता रहेको कुरा बताउँनुभयो ।

प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री यादवद्वारा मधेश प्रदेश नामांन र राजधानी जनकपुरधाम घोषणा गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेका तत्कालीन मुख्यमन्त्री, सभामुख, उपसभामुख र सहित १ सय ७ जना प्रदेश सभा सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन ।

मधेश सरकारका गृह तथा संचार मंत्री मो. समिमका अध्यक्ष्तामा सम्पन्न मधेश स्वभिमान दिवसमा मुख्यमंत्री सरोज कुमार यादव, पुर्व मुख्य मंत्री लालबाबु राउत सहित प्रदेश सरकारका मंत्रीहरुले शुभकामना व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार