https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मुकेश झा
सर्लाही, माघ ३ गते ।
सर्लाही जिल्लाकाे दक्षिणी तथा पुर्वी भेगमा रहेको हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदको लागि गत बैशाख देखि पुस महिना मसान्तसम्म उपसचिव शम्भु प्रसाद यादव तिन पटक हाजिर भए पनि तिनै पटक सरुवा भएको छ । नगरपालिकाकाे कामकाज अस्तव्यस्त भएको हाे ।

पहिलो पटकको बैशाख १७ गते हाजिर भएको उप सचिव शम्भु प्रसाद यादव एक घण्टा मै सरुवा भएको ५ महिना पछि पुनः असोज १७ गते हाजिर हुनुभएको थियो । हाजिर भएको २४ घण्टामै पुनः फिर्ता बोलाइएको यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मंसिर २८ गतेको निर्णय अनुसार चलानी नम्बर १२२३ को पत्र अनुसार कामकाजमा नगराइन नगरपालिका धनुषाबाट सरुवा गरि हरिपुर्वा नगरपालिकामा पठाएको यादब पुस ११ गते हाजिर भएको एक महिना नबित्दै पुनः सिरहा जिल्लाको सिरहा नगरपालिकामा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८०/१०/०३ गतेको चलानी नम्बर १४०६ को पत्रमा उल्लेख्य छ ।

बिबादै विवाद झेलिरहेको हरिपुर्वा नगरपालिकामा कर्मचारीले आर्थिक बर्षको शुरुआत देखि नै तलब भत्ता खाएको छैन । समाजिक सुरक्षाको रकम समेत बितरण हुन नसक्दा ज्येष्ठ नागरिक तथा एकल महिला बिचल्ली अवस्थामा छ । तेस्रो पटकको लागि यादव पुस ११ गते नगरपालिकामा हाजिर भएपछि केही हुने आसमा बसेको हरिपुर्वा नगरबासी पुनः निरास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार