https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजविराज, माघ ४ गते ।
पूर्व निर्राधारित कार्यक्रम अनुसार राजविराज नगरपालिकाका वडा सदस्यहरुले बिहीवार नगरपालिकाको मूलद्वार अगाडी एक घण्टा धर्ना दिएका छन् ।

राजविराज नगरपालिका वडा नं.७ का वडा सदस्य रामानन्द देव संयोजक रहेको संघर्ष समिति सहितका वडा सदस्यहरूले बिहीवार दिउँसो १ बजे देखि २ बजे सम्म धर्ना दिएका हुन्
राजविराज नगरपालिकाका वडा सदस्यहरुले आफ्ना माँगहरु राखी गत पुस २२ गते राजविराज नगरपालिकाका कार्यबाहक नगर प्रमुख ईसरत प्रविणलाई अटिमेटम सहितको माग सम्बोधन गर्न ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा तोकिएको समयावधि भित्र आफ्ना माँगहरु पूरा नभएकोले बाध्य भएर धर्ना दिनु परेको संघर्ष समितिका संयोजक रामानन्द देवले कोशी टेलिभिजनलाई जानकारी दिनुभयो । संयोजक देवका अनुसार कार्यवाहक नगर प्रमुखले हामी वडा सदस्यहरूको माग सम्बोधन गर्न अभिभावको भूमिका नखेलेकोले हामी रहरले होइन बाध्य भएर धर्नामा उत्रेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार