पवन प्रसाद साह
बिरगंज, माघ ५ गते ।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ अन्तरगत रहेको पोखरिया बजारमा छिमेकि राष्ट्र भारत को अयोध्यामा हुने राम मन्दिरको उद्घघाटन तथा प्राणप्रतिष्ठा हुने भएकोले पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको आयोजनामा आज वडा कार्यालयको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानू को अध्यक्षता मा बसेको सर्बदलीय बैठकमा विभिन्न निर्णायहरु भएको छ ।
पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको सम्पूर्ण दारू मदिरा , माछा, मासू,पसल हरु माघ ७ गते आइतबार र ८ गते सोमवार २ दिन बन्द राखन बयपारी क्रेता तथा बिक्रेताहरु सित आग्रह गरिएको सर्वदलीय बैठक बाट निर्णाय भएको छ ।
बैठकमा वडा नम्बर ४ को स्थानीय बासी, विभिन्न पार्टी को को प्रतिनिधि वडा नम्बर ४ मा रहेको सबै जाति वर्गको उपस्थितिमा सो निर्णय भयको हो ।