https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, माघ ५ गते ।
मधेशको अधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि शहादत दिनुभएका अमर शहिदहरुको स्मृति १७ औं बलिदानी दिवसको अवसरमा शहिदनगर नगरपालिकाको वडा नं ६ हठिपुर हडबाडामा निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजन थियो ।

जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको समन्वय र श्री जगदीश गोयन्का प्रतिष्ठान जनकपुरधामको सहयोगमा शहिदनगर नगरपालिकाको हठिपुरमा भएको निशुल्क स्वास्थ शिविरमा ३ सय जना बढि रोगीहरु लाभान्वित भएको कुरा नि:शुल्क स्वास्थ्य शिविरका संयोजक डा निरन्जन कुमार गोईतले जानकारी दिएका छन ।

अल्ट्रासाउन्ड, ईसिजि, आँखा भिजन जांच यन्त्र सहितका प्रविधिको व्यवस्थापन रहेको सो नि:शुल्क स्वास्थ शिविरमा मधेश स्वास्थ विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधामका बरिस्ठ फिजिसियन डा. दिगविजय ठाकुर, डा. लक्ष्मीनारायण गोईत, नाक कान घाँटी रोगका डा निरन्जन कुमार गोईत, महिला प्रसुती रोगका डा. चन्द्रनारायण यादव, आँखाका डा. कृष्ण पाल महतो, अल्ट्रासाउन्डका डा. महारुद्र ठाकुर, आर्युवेदका डा. रामछबिला यादव, दांतका डा. कनिका साह सहितका चिकित्सकहरुले रोगीहरुको उपचार गरि आवश्यक औंषधिहरु पनि उपलब्ध गराएका छन ।

यसैगरी १७ औं बलिदानी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी धनुषाको प्राविधिक सहयोगमा श्री कामेश्वर कुसेश्वर प्रतिष्ठान र श्री न्यु ऐरा कल्व हडबाडाको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजवादी युवा फोरम मधेश प्रदेशका अध्यक्ष समेत रहेका शहिदनगर नगरपालिका वडा नं ६ का वार्ड अध्यक्ष उमेश निराला सहित स्थानीय ३५ जना युवाहरुले रक्तदान गरेका छन ।

सो अवसरमा प्रदेश सांसद रामअशिष यादव, वडा अध्यक्ष उमेश निराला, वडासदस्य रोशन यादव, शहिदनगर नगरपालिका वडा नं ६ जसपाका वार्ड सभापति बिनोद मंडल, उन्नत नेपाल का संस्थापक अध्यक्ष नागेन्द्र साह, बौऐलाल मंडल, समाजसेवी शिबनारायण मंडल, फुलगेन मंडल सहित स्थानीय नेता र समाजसेवीहरुको उपस्थित रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार