राैतहट, माघ ५ गते ।
राैतहटकाे हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुदाँ ३ जना नाबालक गम्भीर घाइते भएको छ ।
घाइते हुनेहरुमा यमुनामाई गाउँपालिका वडा नं ५ झुन्खुनवा टोल बस्ने लखिन्द्र माझीको ११ वर्षको छोरा रूपेश माझी, बिजुली माझीको १२ वर्षीय छोरा गोलु माझी र रामइश्वर माझीको ९ बर्षीय छोरा पेटफुला माझी गरि ३ जना घाइते भएको हाे ।
हुलाकी सडक छेउपेट्टीमा बसेको ठाउँमा बमनहर चौकदेखि पश्चिम दिशाबाट आउँदै गरेको बौधिमाई नपा वडा नं ९ सरमुजवा निवासी २१ वर्षीय मोटरसाइकल सवारी चालक सुमित जयसवाल र सोही नपा वडा नं ६ पिपरीया निवासी २४ वर्षीय राजन कुमार यादवले सवार मोटरसाइकलले ठोक्किएरपछि घाइते भएका जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
घाइते भएका तिनै जना बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ भने मोटरसाइकल चालक र सवारी अस्थाई प्रहरी चौकी पोष्ट सरूअठामा राखिएको छ । घटना बारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाए ।