
गाैशाला, माघ ६ गते ।
नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले चालु आर्थिक बर्षमा ५ करोडभन्दा वढिको राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थिकवर्ष २०८०/ ०८१ को ६ महिनाको अवधिमा नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले ५ करोड २३ लाख २२ हजार ७ सय ६८ रुपैयाँ बराबरको राजश्व संकलन गरिएको हो ।
सो अवधिमा कार्यालयले विद्युत चुहावट, नयाँ लाईन जडान र लाईन काटेको वापत उक्त रकम कार्यालयले राजश्व स्वरुप दाखिला गर्न सफल भएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा २९७ विद्युत चुहावट भएको थियो । जसबाट २७ लाख ८४ हजार १ सय ७७ रुपैयाँ राजश्व संकलन गरिएको थियो । त्यस्तै ४ सय ८८ जना सेवाग्राहीको लाईन काट्दा सो वापत ३ करोड ८१ लख १२ हजार ८ सय ७६ रुपैयाँ रकम संकलन गरिएको हो । सोही क्रममा कार्यालयले ४ सय २४ जना सेवाग्राहीको लाईन जडान गरिएको थियो । जसवाट १ करोड १४ लाख २५ हजार ७ सय १५ रुपैयाँ राजश्व दाखिला भएको हो ।
कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी अनुसार शाखाले. आफ्नो मातहतको क्षेत्रमा सेवाग्राहीलाई विद्युत चुहावट नगर्नका लागि वारम्बार सचेतना अभियान संचालन गरिएको जनाएको छ । त्यस्तै सो कार्य नगर्न नगराउनका लागि पछिल्लो समयमा कार्यालयकोतर्फबाट सचेतनामुलक अभियान नै संचालन गर्दै आएको कार्यालय प्रमुख झाले बताएका छन् ।