https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, माघ ८ गते ।
पर्साकाे बिन्दबासिनी गाउँपालिका र रेडक्रसबी बिच बिरामीलाई निःशुल्क रगत दिने सम्झौता भएको छ ।

बिन्दबासिनी गाउँपालिकाकाले गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । रगत आवश्यक पर्ने गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिकाको कार्यालय र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका बिच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सौरभ राज पाण्डे बीच भएको सम्झौतामा रगत आवश्यक पर्ने गाउँवासीलाई रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवा पर्साबाट रगत उपलब्ध गराइने छ । यो सम्झौता लागू भइसकेको जनाइएको छ ।

बिन्दबासिनी गाउँपालिका प्रमुख तिवारीले निर्वाचनमा उम्मेदवार हुँदाका बखत गरेको चुनावी प्रतिबद्धता र गाउँ पालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएको ‘अध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम’अन्तरगत गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको बताए ।

निःशुल्क रगत पाउनका लागि आफू गाउँवासी भएको प्रमाण स्वरूप यसै गाउँपालिकाको भनेर प्रमाण खुल्ने नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

गाउँपालिकाको कार्यालयमा भएको सम्झौता कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा प्रमुख मिथलेश कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार