
बर्दिवास, माघ ८ गते ।
पत्रकार राजकरण महतोमाथि संघीय राजधानी काठमाडौंमा भएको भेद्भावजन्य दुव्र्यवहार घटनाविरुद्ध महोत्तरीको बर्दिवासमा विरोध प्रदर्शन गरिएको छ । घटनाको विरोध गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन पत्रकार, साहित्यकार, कलाकारसहित स्थानीय युवाहरुले सोमवार शान्तिपूणर् प्रदर्शन गरेका हुन् ।
उनीहरुले बर्दिवासस्थित सिन्धुली रोडमा साम्प्रदायिक सद्भाव विथोल्न खोज्नेलाई कानूनी कारबाही गर, पत्रकार राजकरण महतोमाथि भेद्भावजन्य दुव्र्यवहार गर्नेलाई पक्राउ गर, रंग र पहिरनको आधारमा गरिने विभेद अन्त्य गर, बहुजातीय पहिचानको रक्षा गर सहितका नाराहरु उल्लेखित प्लेकार्ड बोकेर सांकेतिक विरोध गरेका थिए ।
प्रदर्शनमा सहभागी प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले कुनै नेपालीमाथि हुने विभेद सह्य नहुने बताए । उनले देशकै राजधानीमा पत्रकार महतोलाई गरिएको सामाजिक विभेदको घटनाप्रति खेद प्रकट गरे । ’सामाजिक सद्भाव विगार्न खोज्ने यस्ता घटनाको खुलेर विरोध गर्नैपर्छ,’ उनले भने ।

नेपाल प्रेस युनियन महोत्तरी शाखाका अध्यक्ष संतोष सिंहले पटकपटक दोहोरिने यस्ता घटना निन्दनीय रहेको उल्लेख गरे । उनले पत्रकार राजकरण महतोलाई दुव्र्यवहारसँगै कुटपिट गर्नसम्म खाज्नेलाई कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरे ।
आईतबार पत्रकार महतो कोटेश्वरबाट पैदल तीनकुने जाने क्रममा तीनकुनेस्थित सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामक गाडीका कन्डक्टर र चालकले पत्रकार महतोलाई भेद्भावजन्य दुव्र्यवहार गरेका थिए । ती गाडीका कर्मचारीहरुले बिनाकारण ‘भैंया’ भनेर अभद्र व्यवहारसँगै गालीगलोज गर्दै उनीमाथि कुटपिटको प्रयास समेत गरेका थिए ।
पत्रकार महतोले सार्वजनिक अभद्र व्यवहार तथा गाली बेइज्जती कसुरमा दोषीहरूलाई पक्राउ गरी घटनाको अनुसन्धान गर्न प्रहरी वृत्त नयाँ बानेश्वर र मधेसी आयोगमा उजुरी समेत दर्ता गराइसकेका छन् । उजुरी दर्तापछि प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले गाडी, गाडी चालक र कन्डक्टरलाई पक्राउ गर्न प्रहरी खटाइएको बताए । यता, मधेसी आयोगले भने घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन सोमवार प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ ।

घटना सम्बन्धमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखा, जिल्लास्थित नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, बर्दिवास नगर पत्रकार सञ्जाल, गौशाला नगर पत्रकार सञ्जालसहितका पत्रकारसम्बद संघसंस्थाहरुले प्रेस विज्ञप्ती निकालेर घटनाको घोर भत्र्सना गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।