अभरेन्द्रकुमार यादव
सिरहा, माघ ८ गते ।
राजविराज नगरपालीका १३ विसहरीयामा मधेश गौरव योजना निर्माण हुन लनगेको कृषि विश्वविद्यालयको प्रशासनिक, शैक्षिक तथा प्रयोगशाला भवन शिलान्यास जनता समाजवादी पार्टि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हातवाट भएको छ ।

उक्त योजना तत्कालिन सप्तरी २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवकै संकल्प र प्रयासबाट मधेश कृषि विश्वविद्यालय सप्तरीमा स्थापना भएकोले शिललान्यस गर्ने अधिकार पनि उहाँकै रहेका र त्उसै अनुरुप नै उपेन्द्र यादवलाई प्रमुख अतिथी बनाइएको स्थानीयहरुले बताए ।

उक्त शिलान्यास कार्यक्रमलाई लिएर वर्तमान प्रतिनिधि सभा सदस्य सिके राउत र जनमत पार्टिका कार्यकर्ताहरुले समाजिक सञ्जाल मार्फत विरोध गनर्ने र शिलान्यास गर्नेअधिकार जनमत पार्टिकोहो भनी भ्रम छरीरहेको जसपा कार्यर्ताले भने “कृषि विशवविद्यालयको बोर्डमात्र झुन्ड्याइए”को भनी कटाक्ष गर्ने जनमतका नेता कार्यकर्ता आज विश्वविद्यालय भवन शिलान्यास भइरहँदा आत्तिएका छन् । अर्काले गरेका कामको जस आफैँ लिन उनीहरु विरोधमा उत्रेका हुन् ।

मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ वहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो त्यसै अनुसार भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड पठाइएको छ भने चालु आर्थिक वर्षमा ३० करोड विनियोजन भएको छ ।
विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि एकअर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको छ ।



