
जनकपुरधाम, माघ ८ गते ।
धनुषाका एक १६ वर्षीय बालक बेपत्ता भएका छन् । शहिदनगर नगरपालिका-८, नाथपट्टी घर भई हाल जनकपुरको वकिल टोल बस्दै आएका १६ वर्षीय रोशन कुमार यादव सम्पर्क बिहीन भएका हुन् ।
जनकपुरमै कक्षा ११ मा अध्ययनरत उनी आइतबार बिहान ९ बजे घरबाट रिसाएर निस्केका थिए । तर रोशन घर फर्केर नआउँदा र उनीसँग सम्पर्क पनि हुन नसक्दा परिवारमा सन्नटा छाएको छ ।
रोशनलाई कसैले देखे वा भेटेमा ९८०८५४५१८५ वा ९८१६८७०४०६ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारजनले हार्दिक अपिल गरेका छन् ।