https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनवीर महतो 
गौशाला, माघ ८ गते ।
संघीय राजधानी काठमाण्डौंमा अन्नपूर्णकर्मी पत्रकार राजकरण महतो उपर भएको दुव्र्यवहार घटनाको विरोधमा महोत्तरीका पत्रकारहरु मुख्यमन्त्री सरोजकुमार यादवको अगाडि प्ले कार्ड प्रर्दशन गरेका छन् । मंगलवार महाेत्तरीकाे गौशालामा आयोजित एक कार्यक्रममा सहभागी हुनका लागि कार्यक्रम स्थल जाँदै गरेको समयमा गौशालाका पत्रकारहरु बाटो छेउमा प्ले कार्ड सहित प्रर्दशन गरेका हुन् ।

सो क्रममा मुख्यमन्त्री सहित मधेश प्रदेशका पूर्व गृह तथा संचारमन्त्री एवम् प्रदेशसभा सदस्य भरतप्रसाद साह, महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोईरी लगायत रहेका थिए ।

प्रेस सेन्टर नेपाल महोत्तरीका अध्यक्ष धनवीर महतोले घटनाको सम्बन्धमा चौतर्फी रुपमा दवाव दिएतापनि प्रहरी प्रशासन मौन समर्थन जनाएर सरकारले समग्र पत्रकारको मनोवल कमजोर पारेको तर्क राखेका छन् । अध्यक्ष महतोले पत्रकारको सुरक्षाको सवालमा सरकार क्रमिक रुपमा चुकिएको धारणा राखेका छन् ।

अलग भेषभुषा र भाषा तथा पहिचानकै कारण पत्रकार महतो काठमाण्डौमा विभेदको शिकार हुन पुगेकोले सो घटनामा संलग्नलाई कारवाहीको माग गर्दै यहाँका पत्रकारहरु मुख्यमन्त्री अगाडि प्लेकार्ड प्रर्दशन गरिएको नेपाल पत्रकार महासंघ महोत्तरीका सदस्य दिनेश्वर महतोले बताए । सो घटनामा संलग्नलाई यथासिघ्र कानुनीको दायरामा ल्याई कारवाहीको लागि सम्बन्धित सरोकारवाला समक्ष माग समेत गरिएको महतोले बताए ।

राज्यको चौथौ अंगको रुपमा दर्जा पाएका पत्रकारहरु संघिय राजधानीमा विभेदको शिकार हुँदा समेत सरकार मौन रहेर विभेदकारीलाई प्रश्य दिएको नेपाल पत्रकार महासंघ महोत्तरीका उपाध्यक्ष सुनिता महतोले बताईन् । उनले सरकारका गृहमन्त्रीले पहिचान खोलिसकेको सवारीका सह चालकलाई अझ कानुनको दायरामा ल्याउन नसक्नु अति नै दुःखद रहेको तर्क राखेकी छन् ।
सो क्रममा गौशाला केन्द्रित कलम चलाउने राष्टिय तथा स्थानिय मिडियाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार