https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रानी पाल
जनकपुरधाम, माघ ११ गते । 
राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् । राष्ट्रिय सभाका मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा जसपाकी चौधरीले उम्मेदवारी दिएका थिए ।

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका छन् । एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार थिइन् । यसैगरी  जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको सतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए ।  तसर्थ मधेशमा कुल मतभार १० हजार ८ सय ३९ रहेका छन् ।

तर मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा जिल्ला अदालत महोत्तरीबाट कसुरदार ठहर भएका प्रदेश सांसद शर्माले राष्ट्रिय सभाको चुनावमा मत हालेनन् । साथै लोसपाका सांसद अभिराम शर्माले पनि मत खसालेनन् ।

तर राष्ट्रिय सभाको निर्वाचनलाई बिथोल्ने मनसायले प्रभु साहको पार्टी आम जनता पार्टी (आजपा)ले जनकपुर लक्षित गरेको प्रदर्शनमा धनुषा प्रहरीले उनका ६० जनाभन्दा बढी कार्यकर्ता नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार