https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


जनकपुरधाम, माघ ११ गते ।
मधेस प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमका लागि खरिद भएको साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै त्यसका लागि तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ ।

विगत केहि समयदेखी विभिन्न राजनितिक दलहरुले साइकल चोर भनी मधेश प्रदेश तत्कालिन मुख्य मन्त्रि लालवावु राउत सरकारलाई लक्षीत गरी राजनितिक दोष लगाउँदै आएको थियो । विशेष अदालतको फैसलाले भ्रष्टाचार कहाँभएको र कस्ले गरेका समेत प्रष्ट पारेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले बिहीबार तत्कालीन प्रदेश सचिव भुसाल र सिडिई झालाई दोषी ठहर गरेको हो । साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको निष्कर्षका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले भुसाल र झालाई समान भ्रष्टाचार निवारण एनको दफा ८ ९१० ९ञ० बमोजिमको कसूरमा ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

सो मुद्दाका अन्य आरोपितहरू सहलेखापाल राजाराम मण्डल, भण्डार र जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, ओमसत्य साई प्रालि वीरगन्ज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले सफाइ पाएका छन् ।

साइकल खरिदमा सम्झौताविपरीतका कम्पनि नखुलेका कमसल महिला साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पु¥याएको भन्दै अख्तियारले उनीहरूविरुद्ध गत साउन १८ मा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार