जनकपुरधाम, माघ १२ गते ।
प्रकृतिले हामीलाई स्वस्थ जीवन बाँच्नका लागि चाहिने आहार, औषधी र अन्य उपभोग्य वस्तुको स्रोतका रूपमा अत्युपयोगी जडीबुटीहरूको भण्डार दिएका छन ।
हाम्रा अग्रजले ती अनमोल हाम्रा धेरैजसो रोगव्याधि हाम्रै प्रकृतिविरोधी क्रियाकलापबाट उत्पन्न हुन्छन् र तिनको उपचार पनि स्थानीय प्राकृतिक स्रोत–साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट हुनसक्छ। वनस्पतिले दिनमा वायुमण्डलबाट कार्बन – डाइअक्साइड लिएर अक्सिजन (प्राणवायु) उत्सर्जन गर्छन् । त्यसैबाट वायुमण्डलमा हामी बाँच्न नभई नहुने शुद्ध वायु निरन्तर उपलब्ध हुन सम्भव भएको छ ।

बाढी–पहिरो रोक्न, पानीको मूल, खोला–नाला सुक्न नदिन, समयमा वर्षा हुन, वतावरणीय सन्तुलन कायम राख्दै यसलाई स्वस्थ, शीतल, हरियालीपूर्ण बनाउन पनि वनस्पति निर्विकल्प छन्। त्यस्तै वनस्पतिले पृथ्वी र वायुमण्डलबाट प्राणरस चुसेर लिन्छन् र वनस्पतिकै माध्यमबाट प्राणरस प्राप्त गरी हामी जीवनयापन गर्छाैं । वनस्पतिबिना हाम्रो खाद्यान्न, फलफूल, घाँस–पात, काठ–दाउरा, कपास/रेसा आदिको परिपूर्ति हुन सक्दैन, अमूल्य जडीबुटी, जङ्गली पशुपन्छी, कीट–पतङ्ग आदिको प्राकृतिक बासस्थान पनि सम्भव देखिँदैन ।
वृक्ष–वनस्पतिले हामीलाई विगतमा कहिल्यै हानि–नोक्सानी पुर्याैएका छैैनन् र भविष्यमा पनि पुर्याछउने छैैनन्। यिनीहरू बोल्न सक्दैनन् तर सदाशयी छन्, हिँडडुल गर्न सक्दैनन् तर सर्वत्र उपस्थित छन्, अपाङ्ग छन् तर उत्पादनशील छन्, जड छन् तर परमहितकारी छन् र नाशवान् छन् तर सधैँ अस्तित्ववान् छन्। वृक्ष–वनस्पतिले सृष्टिको प्रारम्भदेखि नै आफ्ना हाँगा–बिँगा, छायाँ, गन्ध, पात, फूल, फल, बोक्रा, काठ, जरा, दूध–चोप, काँडा, अङ्गार, खरानी आदिद्वारा मानव, पशु–पन्छीलगायत सबैको कामना पूरा गर्दै आएका छन् । यिनलाई काट्नु–मास्नु अपराध हो। परिस्थितिवश अपरिहार्यता भएमा विनयशील भावले आवश्यकतानुसार ग्रहण गर्ने तर एउटा काट्ने–मास्ने गरेपछि दुईवटा लगाउनु–हुर्काउनुपर्ने हाम्रो परम्परागत मान्यता छ। त्यही प्रकृति संरक्षण एवं सदुपयोगको मान्यताअनुरूप पूजा गर्दा प्राणी, वनस्पतिलगायत सम्पूर्ण चराचर जगतको शान्तिको कामना गर्दै …अन्तरिक्षः शान्तिः, … वनस्पतय शान्तिः…” मन्त्रोच्चारण गर्ने हाम्रो परम्परा छ। त्यस्तै, ‘विभिन्न वनस्पति र फूलका बिरुवा रोपेर हुर्काउनाले, वर–पीपल हुर्काएर चौतारो लगाउनाले नरक देख्नु–जानु पर्दैन, यस लोक र परलोकमा पनि कीर्ति प्राप्त हुन्छ, पितृ (पूर्वज) र भविष्यका पुस्तालाई पनि तार्न सकिन्छ’ जस्ता मान्यता राख्छौं। हामीमध्ये पूर्वजन्म र पुनर्जन्ममा विश्वास नगर्नेले पनि उल्लिखित सन्देशहरुलाई अज्ञानता, अन्धविश्वास वा रूढीवाद मात्र मानेर तिरस्कार गर्नुभन्दा वृक्ष–वनस्पतिको विनाशले धरती प्रतिकूल बन्छ, यिनीहरुको संरक्षण, संवर्धन एवं सदुपयोग गर्नाले वर्तमान र भविष्यका लागि पनि अनुकूल वातावरण बन्छ, सबैको भलो–कल्याण हुन्छ र समकालीन एवं भावी पुस्ताले पनि गुणगान गाउँछन् भन्ने अन्तर्निहित भावलाई बुझेर सकारात्मक सन्देश ग्रहण गर्न सक्नुपर्छ।

प्रकृति वा वातावरणप्रति हामी जस्तो भावना राख्छौं, जस्तो व्यवहार गर्छौं, प्रकृतिले हामीलाई त्यस्तै फल दिन्छिन् । हाम्रो लापर्बाही वा बेवास्ताले सदुपयोग हुन नसकेर प्रकृतिप्रदत्त जडीबुटीहरू वनमा त्यत्तिकै सुकेर–सडेर–नासिएर वा मूल्यहीन भएर बाहिरी वातावरणमा विचलन वा प्रतिकूलता बढ्दै गइरहेको छ, सोहीअनुरूप हाम्रो अन्तष्करण, जीवन–मूल्य र मान्यतामा पनि प्रतिकूल प्रभाव परिरहेको छ। प्राचीनकालमा धार्मिक दृष्टिले महत्व दर्शाइएका वृक्ष–वनस्पति, जस्तै– प्राणवायु उत्सर्जन गरी वायुमण्डल अनुकूल बनाउन वर–पीपल, कीटाणुनाशक जैविक औषधीका रूपमा नीम, उत्तम रसायन, जलशोधक तथा भिटामिन सिको सर्वोत्तम प्राकृतिक स्रोतका रूपमा अमला, वायुशुद्धिकर एवं रोगनाशकका रूपमा तुलसी आदि आधुनिक वैज्ञानिक दृष्टिले पनि त्यत्तिकै उपयोगी प्रमाणित भएका छन् ।
मानिस, पशुपन्छीलगायत सबैको शरीर र जीवनरक्षाका निम्ति प्राणवायु, आहार, औषधी–जडीबुटीलगायत सबै उपभोग्य वस्तुहरू वनस्पतिबाट प्राप्त हुन्छन्, यी जन्मदेखि मृत्यपर्यन्त र मरणोपरान्त संस्कारहरूमा पनि आवश्यक पर्छन्। तसर्थ अहिले व्यापकरूपमा बढ्दै गइरहेको वातावरण विनासको चक्र तोड्नका लागि हामी संवेदनशील र जागरुक हुनैपर्छ ।

सबै वृक्ष–वनस्पतिको आ–आफ्नो महत्व छ, हरेक घर–परिवार, गाउँ–नगर, जिल्ला, क्षेत्र र राष्ट्रियस्तरमा उद्यान लगाएर जडीबुटी वा वृक्ष–वनस्पतिको संवर्द्धन एवं सदुपयोग गर्नु आवश्यक छ। सही जानकारी राखेर प्रयोग गर्दा स्वास्थ्यका दृष्टिले महत्वका र संवर्द्धनयोग्य केही जडीबुटीहरूको नाम उल्लेख गर्नु सान्दर्भिक ठानी यहाँ उदाहरणस्वरूप दिइएको छ :
• तुलसी, घोटटाप्रे, बोझो, पतना, पुनर्नवा, दुबो, कुश, घिउकुमारी, आदि भित्रीबारी, आँगन,छतमा गमलामा लगाएर आवश्यकतानुसार प्रयोग गरेमा साधारण रोगहरूको सरल उपचार गरी सुस्वास्थ्य कायम राख्न सकिन्छ।
• लसुन, प्याज, हलेदो, अदुवा, धनियाँ, सुप, ज्वानो, मेथी, बेथे, परबल, करेला आदि जडीबुटीहरू मौसम अनुसार तरकारीसँगै लगाएर आवश्यकतानुसार प्रयोग गरेमा पथ्य–आहार, मसला एवं औषधीमा उपयोगी छन् ।
• सार्वजनिक स्थानमा ठाउँ, हावापानी, माटो आदिको अनुकूलता हेरी सल्ला, सिसौ, सालसँगै हर्रो, बर्रो, अमला, नीम, इमली, वर, पीपल, राजवृक्ष, जामुनो, शिरीष, डुम्री, बकाइनो, सिमल, तेजपात, रुद्राक्ष,आदि लगाएमा आवश्यकतानुसार साधारण रोगहरूको सरल उपचारका लागि प्रयोग गर्न सकिन्छ ।
खेतबारीका छेउछाउ, डिल–कान्ला–बार तथा खेती नहुने जमिनमा पनि कुरिलो,लेमनग्रस, असुरो, धतुरो, चुत्रो, कण्टकारी, शर्पगंधा, टिम्बुर, बेल, निम आदि जडीबुटीहरु लगाएमा आवश्यकता अनुसार विभिन्न रोगको रोकथाम र उपचारका साथ व्यवसायिक खेतीका लागि प्रयोग गर्न सकिन्छ ।

जल विधुत विस्तार, धार्मिक पर्यटन ,कृषि विकास तथा जडिबुटी खेती गरेर विकसित नेपालको लक्ष्य लिए समृद्धिको बाटोमा अघि बढ्न सक्ने कुरा मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले बताएका छन ।
वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसेन को संयोजन भएको जडिबुटी खेती तालिममा सहभागीहरुले सम्बोधन गर्ने क्रममा प्रदेश सांसद यादवले जडिबुटी को बिक्रीवितरणको सहज व्यवस्थापन भएको कारण मधेशका किसानहरुजडिबुटी खेती तर्फ अाकर्षित हुन थालेको कुरामा जोड दिनुभयो ।
सो कार्यक्रममा बरिस्ठ कविराज रामछबिला यादव र केन्द्रका प्रमुख ताहिर हुसेनले सहभागीहरुलाई जडिबुटी को महत्त्व माथि प्रकाश पारेका छन ।

