https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ १२ गते ।
बाटोमा हिड्दै गर्दा रंगको आधारमा ‘भैया’ भनेर अन्नपूर्ण पाेष्ट राष्ट्रिय दैनिक पत्रिकाका करेस्पोन्डेन्ट रिपोर्ट राजकरण महतोमाथि सम्प्रदायिक भेदभावजन्य दुव्र्यवहार र कुटपीटको प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ ७ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका आरोपी बसका चालक र सह–चालकलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । आरोपीसंगै बस पनि नियन्त्रणमा लिएर प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान अगाडि बढाइएको छ । मुद्दा दर्ता पछि आरोपीलाई सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ ।

बानेश्वर प्रहरीले शुक्रबार पीडित महतोलाई बोलाएर घटनाबारे जानकारी लिएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी जिल्ला शाखा तथा केन्द्रीय कार्यालय काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, विभिन्न संचार संस्था, पत्रकार तथा संचारकर्मी, अधिकारकर्मी लगायतको चौतर्फी दवाबपछि प्रहरीले घटनाको अनुसन्धान गर्न गम्भीर तथा बाध्य भएका थिए ।

अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट राजकरण महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ गते काठमाडौंको तीनकुनेमा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार