
दोरेन्द्र खड्का बझाङ
बझाङ, माघ १३ गते ।
बझाङमा मोटरसाइकल दुर्घटना भएको छ । आज शनिबार साझ ५ बजे जयपृथ्बी नगरपालिका वडा नमबर ३ भिडमुनी भन्ने ठाउमा लु.११ प.६४९७ नम्बरको मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते भएका छन् । घाइते हुनेमा जयपृथ्बी नगरपालिका ३ पडेस बस्ने मोटरसाइकल चालक २३ बर्षिया सुशिल खड्का र मोटरसाइकल पछाडि सबार २६ बर्षिया किशोर खड्का रहेका छन् ।

घाइतेहरुको अनुहार ,शरीर, टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । मोटरसाइक चालक खड्काको जयपृथ्बी अस्पताल चैनपुरमा उपचार भैरहेको र अबस्था सामान्य रहेको भएपनि मोटरसाइकल पछाडि सबार रहेका किशोर खड्काको अबस्था गम्भिर भएकाले सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी रिफर गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सदरमुकाममु चैनपुर बजारबाट पडेस तर्फ गईरहेको मोटरसाइकल एक्कासी अनियन्त्रित भएर १ सय ५० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।



