https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अमित ठाकुर
रौतहट, माघ १३ गते । 
रौतहट जिल्लाको सदरमुकाम गौरमा आज देखि मेयर कप २०८० सुरु गरिएको छ । रौतहट जिल्लाको सदरमुकाम गौरको राईसमिल खेल मैदानमा रौतहट क्रिकेट संघको आयोजनामा र गौर नगरपालिकाको सहयोगमा मेयर कप २०८० सुरु गरिएको रौतहट क्रिकेट संघका अध्यक्ष पवन साहले बताएका छन् ।

लामो समय देखि रौतहटको गौर राईसमिल खेल मैदानमा युवा खेलाडीहरुका रोकिएको खेल यस वर्ष देखि (जिपिएल) खेल सम्पन्न पछि मेयर कप २०८० सुरु गरिएको हो ।

रौतहटको राईसमिल मैदानमा फाल्गुन महिनाको अन्तिम सातामा हुन गई रहेको पालिका कपको खेलमा उत्कृष्ट खेलाडी छनौट गर्न मेयर कप सुरु गरिएको नगर प्रमुख शम्भु साहले बताएका छन्। भने यस मेयर कपमा गौर नगरपालिकाका ९ वटै वडा खेलाडीहरु बिच क्रिकेट हुनेछन् ।

त्यसतै मेयर कपको उद्घाटन गर्न गौर नगरपालिकाको प्रमुख अतिथि नगर प्रमुख शम्भु साह, बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, अतिथि पवन साह, शस्त्र प्रहरी नायव उपरीक्षक अमर लामा, बिक्रान्त नेपाल सहित संचारकर्मीहरुको उपस्थिति थिए ।

मेयर कपलाई व्यवस्थित गराउन नेपाल क्रिकेट संघद्वारा मान्यता प्राप्त अम्पायरको व्यवस्थापन गरिएको तथा स्थानीय रेड टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भईरहेको संघको मिडिया संयोजक प्रविण टिब्डेवालले जानकारी दिए ।

भने उद्घाटन खेलमा गौर नगरपालिका वडा नंबर १ र वडा नंबर ५ बिच भएको थियो। मेयर कप २०८० को पहिलो दिनको टि ट्वान्टी क्रिकेट खेलमा रोमाञ्चक प्रतिष्पर्धाका वडा नम्बर एकको टिमले ६६ रनले जितेको छ । प्रतियोगिताको पहिलो इनिङमा २० ओभर मा ७ विकेट गुमाउदै वडा नम्बर १ ले १७२ रन जोडेको थियो । वडा नम्बर १ का खेलाडी रबि साहले सर्वाधिक ८४ रन जोडेका थिए भने बलिङतर्फ वडा नम्बर ५ का अनिल पटेल र कुन्दन यादवले समान दुई दुई विकेट लिएका थिए ।

खेलको दोस्रो इनिङमा वडा नम्बर ५ ले २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन मात्र बनाएको थियो । वडा नम्बर ५ का शुभम गुप्ताले सर्वाधिक २७ रन बनाएका थिए भने वडा नम्बर १ का रबि साह र रेहान जाकिरले समान दुई दुई विकेट लिएका थिए । प्रतियोगितामा वडा नम्बर १ का रबि साह मैन अफ द मैच बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार