https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, माघ १३ गते ।
सिरहा जिल्लाकाे मिर्चैया नगरपालिकामा टिपरहरूले अातंक मच्चाउदा सर्वसाधारण हरू तर्सित भएका छन । मिर्चैया – कटारी सडकखण्डमा मारुति र सौर्य सिमेन्टका चुन ढुङ्ग्गा बोक्ने टिपर अहिले दैनिक १ हजार भन्दा बढि सिद्धिचरण राजमार्ग बाट चल्ने गरेका छन । ओभर लोड, सवारी चालक अनुमति पत्र नलिकन सवारी चलाउनु दुर्घटनाको कारण सर्वसाधारण तर्सित भएका छन ।

भार क्षमताभन्दा बढी चुनढुङ्गा लोड बाेकेर दैनिक कमतिमा १ हजार टिपर मिर्चैयाकाे सगंराे बाटोमा हिड्ने  गरेका छन ।  सिरहाको मारुती सिमेन्ट उद्योग र सूर्या सिमेन्ट उद्योगको लागि सिन्धुलीको काकुर खोलाबाट उदयपुरकाे कटारी नगरपालिका हुदै मिर्चैया ल्याउने गरेको ओभरलोडेड टिपर भार बोक्ने क्षमता भन्दा दोव्वर चुनढुङ्गा बोकेका टिपरहरू मारुती सिमेन्ट उद्योग र सूर्या सिमेन्ट उद्योगमा जादै गर्दै गरेका छन ।

ढुङ्गा जस्तो बस्तु लोडगर्दा आधा वा एक टनसम्म तलमाथि हुन सक्छ । तर क्षमताभन्दा धेरै बोकेको गुनासो सर्वसाधारण गर्दै आएका छन् । एक ट्राफिक प्रहरीका अनुसार १३ टन बोक्ने अनुमति पाएका टिपरहरूले  ।  यता ३५/४० टनसम्म चुनढुङ्गा बेकेको पाइएको छन  । हिउँदका बेला सिमेन्ट उद्योगहरूले चुनढुङ्गा ओसार्ने गर्दछन् । वजनका हिसावले ओसार पाेसारको भाडा पाइने भएकाल टिपर व्यवसायीहरूले क्षमताभन्दा बढी ओसार पाेसार गर्दै गरेका सर्वसाधारणकाे गुनासो छ ।

टिपर चालकहरू संग सर्वसाधारणले साेधियाे तपाईंहरू ओभरलोड बाेकदा टिपरलाई ट्राफिक प्रहरीले समाउदैन भनेपछि चालककाे भनाई साउहरूले मिर्चैया, बेलसाेउत, कटारी र दुध‌ैलिका ट्राफिक प्रहरीलाई पैसा दिन्छ र चाइनल सेटिंग मिलाएकाे छ । त्यसैले ट्राफिक प्रहरीले हामीलाई समाउदैन ।
यता हामीले टिपरका एक साउलाई साेधियाे तपाईंहरूले टिपरवाट अाेभर लाेड बाेकदा कसरी ट्राफिक प्रहरीसंग सेटिंग  चाइनल मिलाउनु हुन्छ अाेहाले भनुभयाे हामीले प्रत्येक एउटा  टिपर बराबर मिर्चैया ट्राफिक पाेष्टलाई १ हजार , बेलसाेउतका ट्राफिक पाेष्टलाई १ हाजार , कटारीका ट्राफिक पाेष्टलाई १ हजार र दुधैलि ट्राफिक गरि जम्मा ४ हजार गरि महिनवारी खुवाउछु त्यसैले ट्राफिकहरूलाई ओभर लाेडसंग मतलबै हुदै त्यसैले ट्राफिक प्रहरीले देखाउति चेकिंग मात्र गर्छन् ।

अत्यधिक भार बोकेर हिड्दा मिर्चैया सडकको साँघुरो बाटोका कारण टिपर हिडँदा अरु गाडी हिड्नै सक्दैन । ओभरलोडले सडक जीर्ण भएपछि अन्य सवारी चलाउनै नसकिने अवस्था भएको एक  जना स्थानीयले गुनासो पाेखेका छन । मिर्चैयाकमा पिडित भइरहेका व्यवसायी समाज स्थानीय बासी लगायतका व्यक्तित्वहरूले दुईटै उधाेगसंग बार बार शान्तिपूर्ण बर्तामा बसेपनि उधाेगले बर्ताकाे कुनै महत्त्वपूर्ण देखाएन । दुईटैउधाेगले याे वर्ष अर्को बिकल्प बाटो खाेल्छु तर उधाेगले अहिलेसम्म कुनै बिकल्प बाटाे खाेलेकाे छैन ।

टिपरको संख्या बाक्लो हुँदा एम्बुलेन्स लगायत अन्य अत्यावश्यक सवारी पनि सहजै गन्तव्यमा पुग्दैनन् । ‘टिपरको लस्करका कारण बाटोमा सर्वसाधारणलाई बाटो काट्नसमेत समस्या हुन्छ,’ एक स्थानीयले भने, ‘अरु सवारीसमेत गुडाउन गाह्रो छ । सम्बन्धित निकायले यसको न्यूनीकरणका लागि अब ढिला गर्न नहुने स्थानीयको सुझाव छ ।

मिर्चैया नगरपालिका पश्चिमपटि शाैर्य सिमेन्टको धुलाेले यहाँका बासिन्दा, बाेट बिरुवा, पशुपंक्षि, खेतीपाती माथि पर्त्यक्ष असर पारे पनि यहाँका शासन पर्शासन राजनितीकर्मि माैन छ । पूर्व मारूती सिमेन्ट उधाेग र पश्चिम साैर्य सिमेन्ट उधाेग बाट मिर्चैया बर्बाद गरदै छ र सिमेन्ट उधाेगमा नाैकरी चाहिँ भारतीय नागरिकहरूलाई मात्रै दिन्छ । स्थानीयहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार