https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मलंगवा, माघ १४ गते ।
सर्लाहीको सदरमुकाम मलंगवाको तीनबिघे खेल मैदानमा जारी जिल्ला स्तरीय टी-२० सहिद कप टुर्नामेन्टमा आइतबार (आज) भएको खेलमा चक्रघट्टा गाउँपालिकालाई ४० रनले हराउँदै बसबरीया गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

टच जितेर पहिले ब्याटिङ गर्न मैदानमा उत्रेको बसबरीयाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्यलाई पछ्याउँदै चक्रघट्टाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन मात्र जोड्न सके ।

बसबरीयाको तर्फबाट सर्वाधिक ४ ओभरमा ११ रन मात्र खर्चेर ३ विकेट हासिल गर्न सफल टिमका कप्तान समेत रहेका चिरञ्जीवी कुमार यादव म्याद अफ दी म्याच बनेका छन् । उनलाई बसबरीया गाउँपालिका अध्यक्ष राम सिंहासन राय र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले संयुक्तरूपमा म्यान अफ दि म्याचको ट्रफी प्रदान गरे । साथै पालिकाका खेलाडीहरुको हौसला बढाउन गाउँपालिका अध्यक्ष रामसिंहासन रायले १० हजार र निमित्त प्रमुख प्रसाशकीय अधिकृत चुनचुन प्रसाद यादवले ५ हजार रुपैयाँ नगद खेलाडीहरुलाई प्रदान गरेका छन् ।

आजको म्याच जितेसंगै बसबरीया सेमिफाइनलमा प्रवेश गरेको छ भने चक्रघट्टा टुर्नामेन्टबाट बाहिरिएको छ । यसअघि गोडैता नगरपालिका र बिष्णु गाउँपालिका सेमिफाइनलका लागि छनौट भइसकेको छ ।

त्यस्तै भोलि सोमबार मलंगवा नगरपालिका र ब्रह्मपुरी गाउँपालिकाबीच हुने खेलमा विजयी हुने टिम पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यसपछि सेमिफाइनलमा प्रवेश गरेका ४ वटा टिममध्ये २ टिम फाइनल खेल्नेछ र फाइनलमा विजय हुने टिमले नगद १ लाख रुपैया र प्रमाणपत्र पाउनेछन् भने पराजित हुने टिमले उप-बिजेताको रुपमा नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र पाउने आयोजक समितिका उपाध्यक्ष बिश्वनाथ ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार