https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : रंग, पहिरण र भाषाको आधारमा पत्रकार राजकरण महतोमाथि भेदभाव तथा दुव्र्यहार गर्ने आरोपी बिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । घटना भएकोे ८ दिनपछि प्रहरी वृत्त नयाँ बानेश्वरले दुई जना आरोपी बिरुद्ध किटानी जाहेरी दर्ता गरेको हो ।

माघ ७ गते काठमाडौंको तीनकुनेमा पत्रकार महतोलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गर्दै कुटपिटको प्रयास गरेको आरोपमा प्रहरीले शुक्रवार बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका चालक र सहचालकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गाडी चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – ८ स्थायी ठेगानाभई हाल काठमाडौं महानगरपालिका – ३१ बानेश्वर बस्ने २४ वर्षीय ईश्वर भन्ने शेषबहादुर पौडेल र सहचालक धनुषाको मिथिला नगरपालिका – ८ बेंगाडाबर स्थायी घर भई हाल काठमाडौंको नारायणटार बस्ने २४ वर्षीय विक्रमकार्की रहेका छन् ।

उनीहरुमाथि पत्रकार महतोले भेदभावपूर्ण व्यवहार कसुरमा दिएको किटानी जाहेरी आईतबार दर्ता भएको प्रहरी वृत नयाँ बानेश्वरका अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक बीरेन्द्र केसीले जानकारी दिए । पक्राउ परेकादुबबै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले बताए । कसुर ठहरिए ३ वर्ष जेल वा ३० हजार जरिवानावा दुबै सजाय हुने कानुनका जानकारहरु बताउँछन् । मुलुकी अपराध संहिता २०७४ को दफा १६० मा भनिएको छ ‘भेदभाव तथा अन्य अपमानजनक व्यहार गर्नु हुँदैन ।

यस्तो गतिविधि गरिएमा भेदभावपूर्ण व्यवहार गर्ने र गराउनेलाई ३ बर्ष जेल वा ३० हजार जरिवानावादुवै सजायहुनेछ ।’अन्नपूर्ण पोस्ट्कासिनियर करेस्पोन्डेन्ट महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ तीनकुनेमा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेकाथिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार