https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, माघ १६ गते । 
सिरहा जिल्लाको बरियापट्टी गाउँपालिका ३ स्थित बरियारपट्टी सीमा ईलाकाबाट माघ १४ गते ४ लाख ५३ हजार ८ सय ४० नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला जयनगर ५ बिहार घर बताउने ३७ वर्षिय अविजित कुमारलाई बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएको हो ।


     
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । बरामद भएको नेपाली रुपैयाँमा १ हजार दरको ४ सय ४६ वटा, ५ सय दरको १४ वटा, १ सयको ५ वटा, ५० को ६ वटा र २० को २ वटा नोट रहेका छन्  ।
     
बरामद रुपैयाँसहित उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार